हाम्रो संविधान सभामा


हाम्रो संविधान सभामा हामीलाई पार्छन् होला
दु:खको भवसागर देखि जनतालाई तार्छन् होला


सचिवालय र मन्त्रालयमै सधै अट्कीने बजेट
योजना खोली घर दैलोसम्म अब झार्छन् होला


बाँध, ब्यारेज र जताततै मिचेका सिमाना
देशको माया गर्दै साविककै ठाउँमा सार्छन् होला


हस् हुन्छ नभनि राष्ट् स्वार्थमा अडान लिए
मनपरी गर्ने वाह्य शक्ति सवै नै हार्छन् होला


नेपाली भए नेपालीलाई अब उप्रान्त नमारी
घुस भ्रष्टाचारलाई जरैदेखि काटी मार्छन् होला

No comments:

Post a Comment