ABOUT SYANGJA...................

स्याङ्जा जिल्ला संक्षेप परिचय


इतिहास
यद्यपि जिल्लाको ऐतीहासिक रुपरेखा र नामांकन सम्बन्धमा कुनै आधिकारिक एवं भरपर्दो अभिलेख प्राप्त भएको छैन तापनि हाल सम्म प्राप्त विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरुको कथन समेतको आधारमा स्याड्जा जिल्लालाई प्राग: ऐतिहासिक कालमा भृगु ऋषिको तपस्या स्थल ( हालको चण्डीभञ्ज्याङ्ग गाविसको भृगुतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसंग जोडिएको आँधिखोलाको उदगमस्थल अन्धाअन्धि दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलक स्वरुप लिन सकिन्छ ।
प्राचिन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मीक नदी कालीगण्डकी किनारका सेतीवेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छाँया क्षेत्र हुदैं उत्तर पंचासे धाम ( बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यि स्याङ्जा जिल्लाले, नेपाल एकिकरण पूर्व २४ से राज्य अन्तर्गत ६ टुक्रे रजौटाहरु गहौं, भिरकोट, सतौं, नुवाकोट, ढोर र पैंयुले आफ्नो ऐतिसासिक पहिचानबोकेको छ । ढोर र पैंयुको धेरै जसो भाग क्रमश: तनहुँ र परवतमा विलय भएपछि बाँकी ४ रजौटाहरुले नै आधुनीक स्याङ्जा जिल्लाको पहिचान बोकेको छ ।
जिल्ला नामाकण 
यस जिल्लाको नाम स्याङ्जा रहनुमा विभिन्न कथनहरु पाइएका छन् । तिनहरुमा निम्न कथनहरु प्रमुख छन् ।
१. अठारौ शताब्दी तिर आंधीखोला उर्लदै बढेर आए पछि ठेलीएछ । यसरी ठेलीएको देखेपछि मानिसहरुमा हाहाकार मच्चिन थाल्यो । एक जना सज्जन बृद्वले भगवानलाई पुकार्दै खोलो “स्यांइय जा” भन्ने कामना गरेछन् । बृद्वको कामना सँगै ठेलिएको खोलो स्यांइय खुलेर गए पछि “ स्याँइय जा” को अपभ्रंस भएर स्याङ्जा हुन गएको हो भनाई रहेको छ । 
२. एकीकरण पूर्ब सेन बंशिय चौबीसे राज्य अन्तर्गत सतौ, गहौ, नुवाकोट र भीरकोट राज्यमा बिभक्त भै “ सेन जा “ भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको हो भन्ने भनाई पाइन्छ । 
३. यस जिल्लामा सिंजाली मगरहरुको ठूलो बस्ती भएकोले उनीहरकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको हो भन्ने भनाई पनि छ । 
यी कथनहरुको आधारमा हाल जिल्ला सदरमुकाम रहेको स्थानको नाम स्याङ्जा रहन गएको र तत्कालिन अवस्थामा यो ठाउँ जिल्लाको प्रमुख ब्यापारिक केन्द्र हुनुको साथै पर्वत, बाग्लुङ, म्याग्दी मुस्ताङ र तनहुँ जिल्लाको प्रमुख ब्यापारीक नाकाको रुपमा पनी परिचित नाम भएकोले नै जिल्लाको नाम पनि स्याङ्जा नामाकरण गरिएको अनुमान गर्न सकिन्छ ।
 
जनसंख्या
राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जा जिल्लाको कूल जनसंख्या ३,१७,२११ जना मध्ये पुरुष १,४३,५९२ जना र महिला १,६३,६१४ रहेका छन् । जिल्लाभरी ५९,१८६ घर तथा ६४,८८८ परिवार रहेका र ब्राह्रमण ३२.९%, मगर २१.२%, क्षेत्री ११.२%, गुरुङ् १०%, कामी ६.५%, सार्की ३.२%, दमैं ३.२%, नेवार २.९%, ठकूरी २.७%, र्घर्ति २.२ %, सन्यासी ०.७ %, मुस्लिम ०.६ %, कूमाल ०.३ % र अन्य २.४ % मा विभाजित रहेका छन् । यी विभिन्न जातजातिहरु परापूर्वकालदेखि नै आपसी सौहादर्रता र मित्रता कायम राखि बसोबास गरेका र जातिय विविधता अगाल्दै नेपाली भाषा प्रायः सबैले बुझ्ने गर्दछन् ।
बर्तमान परिचय
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अंचल अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम समुन्द्री सतहबाट ८५० मीटर उचाईमा रहेको स्याङ्जा बजार हो । यो जिल्ला समुन्द्र सतहबाट न्यूनतम ३६६ मीटर ( केलादी ) देखि अधिकतम २५१२ मीटर ( पंचासेको लेक) सम्म उचाइमा रहेको छ । यस जिल्लाको पूर्वमा तनहुंले, पश्चिममा गुल्मीले, उत्तरमा पर्वत र कास्कीले र दक्षिणंमा कालीगन्डकी नदीसंग पाल्पाजिल्लाले सिमाना छुट्याएको छ । स्याङ्जा जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्वार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरि विभाजन गरेको छ । मुग्लीङ नारायणगढ सडक निर्माण नहुदै सुनौली – पाल्पा – स्याङ्जा – पोखरा – काठमाण्डौ सम्म पुग्ने नेपालको मुख्य राजमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मि. पक्की सिद्वार्थ राजमार्ग भित्र यातायात संचालन हुदै आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्ला भित्र पर्दछ । हाल स्याङ्जा नेपालको सबै भन्दा ठुलो जल विधुत परियोजना- कालीगण्डकी ए ( १४४ मेगावाट), सवै भन्दा ठुलो पहाडी सिंचाई योजना – चापाकोट टार सिंचाई योजना ( १००० हेक्टर ), नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउँ पञ्चमूलको सिरुवारी, नेपाल कै नमुना मानिने पाल्पा र स्याङ्जाको सिमानासंग जोड्ने कालिगण्डकी नदी माथि रहेको राम्दीको पूल र दुध, सुन्तला, अदुवा र कफी उतपादन गर्ने जिल्लाको स्वरुपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ । हाल यस जिल्लामा २ नगरपालिका र ६० वटा गा.वि.स. हरु रहेकोमा १५ वटा इलाकाहरु र ३ वटा संसदीय निर्वाचनहरुमा विभाजन गरिएको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जामा ३,१७,३२० जना मानिसहरु अक्सर बसोबास गरेका छन् । यो जिल्लाले नेपालको क्षेत्रफलको ०.७९ प्रतिशत र जनसंख्याको १.३७ प्रतिसत अंश ओगटेको छ । ७५ जिल्ला मध्ये स्याङ्जा क्षेत्रफलमा ६४ औ र जनसंख्यामा २७ औ स्थानमा रहेको छ । मानव विकास प्रतिवेदन २००४ अनुसार स्याङ्जा जिल्लाको औसत आयु ६७.७१ वर्ष, प्रौढ साक्षरता ५७.५ प्रतिशत र वार्षिक प्रति ब्यक्ति आय २४५ ( डलरमा ) रहेकोछ । साक्षरताको दृष्टिकोणले स्याड्जा ७ औ (६६.७ प्रतिशत) स्थानमा र विकास सूचकांकमा ९ औ स्थानमा रहेको छ । स्याङ्जा जिल्लामा हाल ३५.१ प्रतिशत घरपरिवार गरीबीको रेखामुनी रहेका छन् ।

भौगोलिक अवस्था
नेपाल अधिराज्यको पश्‍चिमाञ्‍चल विकास क्षेत्र अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम स्याङजा पुतली वजार न.पा. ८५० मिटर उचाइमा आँधिखोलाको किनारमा रहेको छ । यस जिल्लाका छिमेकी तथा किल्लाकारुपमा कास्की, पर्वत, तनहुँ, गुल्मी र पाल्पा जिल्लाहरु रहेका छन् । स्याङ्जा जिल्ला समुन्द्री सतहबाट ३६६ मिटर देखि २,५१२ मिटरसम्मको उचाईमा अवस्थित छ । भौगोलिक विवरण अनुसार कुल ११६४ वर्ग कि.मी. मा फैलिएको यस जिल्ला ८३', २७" देखि ८४' पूर्व ४६" देशान्तर र २७' ५२" देखि २८' १३" उत्तरी अक्षांशभित्र फैलिएको छ । जिल्ला भित्र ६० वटा गा.वि.स.,२ वटा नगरपालिका, ३ वटा निर्वाचन क्षेत्र र १५ वटा इलाका रहेका छन् ।
आर्थिक अवस्था
कृषिस्याङ्जा जिल्लाको जम्मा १,०२,०८७ हेक्टर जमिन रहेकोमा कृषिका लागि खेतियोग्य जमिन ७६,५२० हेक्टर रहेकोमा जम्मा ४७,९४२ हेक्टरर जमिनमा मात्र खेती गरिएको छ, जसमध्ये खेततर्फ १६,१७८ हे. र पाखो तर्फ ३१,७६४ हे. रहेको छ । फलफूल तर्फ सुन्तला, मौसमी र वेमौसमी तरकारी उत्पादन, कफी खेती, सदन बाली विकास कार्यक्रम, मौरीपालन तथा रेशम खेती विकास कार्यक्रम, दिगो भू-वयवस्थापन र साना सिंचाई कार्यक्रम प्रमुख रुपमा संञ्चालनमा ल्याइएकोछ । सुन्तला, उखु, कफी, गोलभेंडा, अदुवा र दुग्ध उत्पादन यहाँका कृषकहरुको आयआर्जनको प्रमुख स्रोतको रुपमा रहेको छ ।

यातायात
स्याङ्जा जिल्लाको करिब करिब मध्य भागमा उत्तर दक्षिण भएर सिद्धार्थ राजमार्ग अवस्थित छ । उक्त रामजार्गको सबैभन्दा धेरै अंश, ७० कि.मि. यसै जिल्लामा पर्दछ । सिद्धार्थ राजमार्गमा जोडिने गरि बिभिन्न जिल्ला तथा ग्रामीण सडकहरू निर्माण भएका छन् । यस जिल्लाको ५८७ कि.मि. स्थानीय सडक मध्ये करिब ४४५ कि.मि. सडकमा कात्तिक महिनादेखि जेठ महिनासम्म यातायत सञ्चालन हुन्छ ।

सञ्चार
सञ्चारका विविध साधनहरु मध्ये यस जिल्लामा हुलाक, टेलिफोन, आकाशवाणी, टि.भि., रेडियो तथा निजी क्षेत्रका पत्रपत्रिका पनि प्रकाशनमा छन्, हुलाक तर्फ जिल्ला हुलाक १, १२ वटा इलाका हुलाक, टेलिफोन तर्फ सदरमुकाममा ४०० लाईन, ५१२ लाईन क्षमताको एक्सचेन्जबाट, वालिङमा २११ लाईन र गल्याङ्‍मा ११६ लाईन वितरण भएकाछन् ।जिल्लाका ३१ वटा गा.वि.स मा मार्टस प्रणाली उपलव्ध छ । वालिङको गह्रौंसुरस्थित टेलिफोन टावरमा माओवादीबाट आक्रमण भएका कारण केहि समयदेखि सञ्चार सुविधा अवरुद्ध भई वालिङ् क्षेत्रमा लोकल टेलिफोन कलको व्यवस्था सञ्चालित छ । अत्यावश्यकिय सेवाकोरुपमा ती क्षेत्रका लागि १२ लाईन टेलिफोन पाल्पाबाट STD/ISD सेवा उपलव्ध गराईएको छ । आकासवाणी, टि.भि., रेडियोका हकमा घरघरमा आवश्यकतानुसार सञ्चालनमा आएका छन । पत्रिका तर्फ विचार साप्ताहिक, समय साप्ताहिक, स्याङ्जा सन्देश पाक्षिक,स्याङ्जा एक्सप्रेस, सत्यदुत साप्ताहिक जस्ता स्थानीय पत्रपत्रिका प्रकाशनमा आएका छन । हाल आएर कम्प्युटर तथा ईन्टरनेट सेवामा पनि उल्लेखनिय बृद्धि भएको छ ।

शिक्षा
हाल यस जिल्लामा र्सार्वजानिक र नीजि गरी प्रा.वि. ५६०, नि.मा.वि. १५८, मा.वि. ९० उच्च मा.वि./क्याम्पस २४० वटा गरी जम्मा ८३२ संस्थामा १,०८,१११ विद्यार्थीहरु लाभान्वित हुन पुगेका छन् भने निरक्षरता घटाउने, लैंगिक विभेद हटाउने, शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने, विद्यालयहरुको भौतिक सुधार गर्ने, निःशुल्क पाठ्य पुस्तक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक वितरण गर्ने, राष्ट्रिय छात्रावृत्ति उपलब्ध गराउने, महिला शिक्षा कार्यक्रम र सामुदायिक विद्यालय सहयोग कार्यक्रम जस्ता क्षेत्रहरुमा कार्यक्रम केन्द्रीत गरी सञ्चालनमा ल्याइएको देखिएको छ ।

विद्युत
जिल्लाका २ न.पा. र ६० गा.वि.स. हरुमध्ये आँधीखोला जलविद्युत केन्द्र तथा बुटवल पावर कं.प्रा.लि. बाट १ न.पा. र १९ गा.वि.स. मा र नेपाल विद्युत प्राधिकरण स्याङ्जाले १ न.पा. र २० गा.वि.स. मा गरी जम्मा २ न.पा. र ३९ गा.वि.स. का साढे सत्र हजार ग्राहकहरुलाई मात्र सुविधा पुर्‍याई आएका छन् । यसरी जिल्लाका कूल घरधुरीको ५३.३२% ले मात्र विद्युत सेवा उपभोग गर्न पाएका छन् ।

पर्यटकीय स्थलहरू
यस जिल्लाको पर्यटन स्थललाई हेर्र्दा ग्रामीण पर्यटनको दृष्टिकोणले नमूना गाउँको रुपमा रहेको पञ्चमूल सिरुवारी, कोल्मा वराहचौर, नुवाकोट डाञडा र चित्रे भञ्ज्याङ्ग गा.वि.स.मा रहेको गह्रौकोटलाई साँस्कृतिक तथा पर्यटकीय स्थलको रुपमा लिईन्छ ।

छाङ्गछाङ्गदी
श्री स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको अंग पतन भएको स्थल, छायां क्षेत्रको रुपमा समेत परिचित पवित्र तीर्थ स्थल सदरमुकाम वाट १८ किलो मीटर दक्षिण सिर्द्धार्थ राजमार्गमानै पर्छ ।
पंचासे डांडा
समुद्र सतहबाट २५१२ मीटरको उचाईमा रहेको जिल्लाको अग्लो स्थान र बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान सदरमुकामबाट ३० किलो मीटर उत्तर पश्चिममा पर्छ । यो स्थान स्याङ्जा कास्की र पर्वत जिल्लाको सीमामा एक पर्यटकीय स्थानको रुपमा रहेको छ ।

अन्धाअन्धी दह
चिलाउनेबास गा.वि.स.मा पर्ने प्रसिद्ध दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ । त्रेतायुगमा श्रवणकुमारले आफना अन्धा बाबु आमालाई तीर्थ घुमाउने क्रममा यस ठाउँमा आई पुगे पछि बाबु आमालाई पानी खुवाउन स्थानीय दहमा गाग्रो डुबाउंदा निस्केको आवाजलाई मृगको आवाज समझी राजा दशरथले त्यस तर्फ वाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको र राजा दशरथ पानी लिएर जादां श्रवणकुमारका बाबु आमाले सबै कुरा थाहा पाएर राजा दशरथलाई तिम्रो पनि छोराको बिछोडको पीरले मृत्यु होस् भनि श्राप दिई दुबै जना त्यहीं रुँदारुँदै मरेका हुँदा उनीहरुको आँसुबाट दहको उत्पति भएकोले त्यस दहको नाम अन्धाअन्धी दह रहन गएको किम्बदन्ती रहेको छ । यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ ।

राधा दामोदर आश्रम
सांखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।

चण्डीकालीका
सांखर गा.वि.स.मा पर्ने पसिद्ध तीर्थ स्थल सदरमुकामबाट ५७ किलो मीटर दक्षिण पूर्वमा पर्छ ।

राम्दी घाटकाली गण्डकीको किनारमा रहेको प्रसिद्ध धार्मिक स्थल सदरमुकामबाट ५२ किलो मीटर दक्षिणमा पर्छ ।

आलम देवीशाहवंशका कुलदेवीका रुपमा रहेकी आलम देवी देशकै महत्वपूर्ण धार्मिक स्थल सदरमुकामबाट किलो मीटर दक्षिण पश्चिममा पर्छ ।

बुढाकोट  
स्याङ्जा जिल्लाको सबैभन्दा अग्लो पहाड बुढाकोट हो ।  यो पहाड माझकोट शिवालय गा. बि. स मा आवस्‍थित छ । गुरुङको बस्ति रहेको यस पहाडको टुप्पोबाट स्याङ्जाको अधिकाशं ठाउहरू लगायत पाल्पा र पोखरा अनि मनोहर हिम श्रृण्‍खला देख्‍न सकिन्छ ।