परदेशी दाजुलाई तिहारको चिठी
मिना थापा मगर, पोखरा[ पोखरा १५ कार्तिक २०६७ / 01 Nov 2010 Mon.]
दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातबाट टीका लगाउन पाइन, सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फूलको माला गलामा पहिरिन पाइन । सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भञ्ज्याङ् काटेर पुरानो गउँमा देउसे खेल्दै हिँडेको अनि सम्झदै हुनुहुन्छ होला \'यो तिहारमा पनि म भएको भए अझ कत्ति रमाइलो हुने थियो हँ?\'
दिँउसो घरको काम सकेर भोक, शोक अनि निन्द्रा मारेर बेलुकीपख झ्याउँकिरीको सुमधुर आवाजसँगै शुरु हुन्थ्यो हाम्रो देउसुरे। आँगनको दिलमा लहरै बसी देउसे फलाक्दै मादलुको तालमा, घुँगरुको छमछमसँगै पालैपालो नाँच्थ्यौँ हामी बलिराजाको दुत भएर। आफ्नै कोकिल आवाजका भट्याई प्रत्येक गाउँका घरधुरीमा घन्किन्थे हाम्रा देउसुरे। गाउँलेहरु हाम्रो देउसे आएको थाहा पाएपछि आधारातमा भएपनि लाल्टिन बाल्दै झर्थे। हामी झन् हौसिन्थ्यौं बलिराजाको नाम लिँदै देउसे भैलो फलाक्न। पारि गाउँको मास्टरकी आमाले भनेको भर्खरै जस्तो लाग्छ “नानी हो अर्को साल पनि यसरी नै तिमीहरुको देउसे लिएर आउ है”।
आज म पनि सम्झन्छु त्यो हाम्रो रमाईलो तिहारको क्षण। हरेक वर्षको तिहार आउँदा म त्यसरीनै दोहोर्यापइ दोहोर्यापइ सम्झने गर्छु र आफैँभित्र रमाउछु ति दिनको कल्पना गरेर। साँच्चै कति रमाइलो थियो त्यो क्षण, साथीभाइ एकआपसमा सुमधुर प्रेमभावमयी तरिकाले खेल्दा हाम्रो त्यस क्षणको रौनकता नै आनन्दमय हुन्थ्यो। अनि तपाईंलाई यो पनि लागेको होला \'अहिलेको तिहारमा पनि गाउँमा दाजुभाइ दिदीबहिनी त्यसरी नै देउसे फलाक्दै रमाउँदै होलान् अनि म पनि त्यहाँ भएको भए अझ कति रमाइलो गरिन्थ्यो होला हँ?\' तर दाजु हाम्रो परम्पारगत संस्कार र सस्कृतिमा परिवर्तन आएको छ। हुनत समाज परिवर्तन भन्नाले दुइ थरी बुझाउँछ उन्नति र अवन्नति। तर आधुनिधकताको नाउँमा हाम्रो बिशुद्ध संस्कार र संस्कृतिमा नसुहाउने तरिकाले बिकृति भित्रिएको छ। साथीभाइबिच एक आपसमा भाइचाराको सम्बन्ध राखी पारस्परिक प्रेमको प्रतिकको रुपमा मान्ने चाडपर्व आजभोलि परम्परागत संस्कृतिमा रमाउने भन्दा जुवा, तास र मादक पर्दाथमा रम्ने भएका छन् अनि कलह, झैझगडा गरी आफ्नो आडम्बरी शक्ति प्रदर्शनको होड बढेको छ आजभोलि। देउसे भैलो खेल्ने नाममा तिहारको देउसे शब्दलाई चटक्कै बिर्सेर साह्रै नसुहाउने तरिकाले कुनै डान्स बारमा झैं हिन्दी, डिस्को, पप र र्याचपमा रक्सि र वियरको तालमा हल्लिरहेका छन् आजका भैलिनीहरु। लेखिएका यी शब्दभन्दा देखिएका दृष्यहरु अनि हाम्रो मौलिक संस्कारमाथि गरिएका प्रहारहरुले अति नै मर्माहत पारिरहेको छ आज।
मेरै हातले उनेकी थिएँ दाजु तपाईँको लागि सयपत्री र मखमली फुलको माला, जुन हाम्रै आँगनको डिलमा तिहारको मौसममा तपाईँकै लागि फुलेका थिए। तर आज बिडम्बना नेपाली चेलीले आफ्नो दाजुभाइका लागि सयपत्री फुलको माला बिदेशबाट किन्नुपर्ने बाध्यता भएको छ। एकातिर आधुनिक परिकारको रुपमा बनेको भोजनमा बिभिन्न सडेगलेका खाद्यसामाग्रीको मिसावटले मानिसको स्वास्थ्य स्थितिलाई झन् कस्तो अवस्थामा पुर्याकउने हो सोँचनीय बिषय बनेको छ। व्यापारीहरुलाई परम्परागत संस्कृति जोगाउने भन्दापनि चाडपर्वको अवसरमा कालो बजारी गर्नमा नै हतार छ। अनि मानिसहरुको बढ्दो चहलपहलसँगै गिरोहलाई दोस्रो धन्दा ओसार पसार गर्नमै भ्याइनभ्याइ छ। देउसे र मादलुको सुमधुर आवाज घन्किने गाउँमा अहिले पटका र बुलेट जस्ता बिष्फोटक आवाजले रुग्ण छ। त्यतिमात्र कहाँ हो र भोकमरी, हैजा र महामारीले नेपालीहरु आक्रान्त बनेका छन्। पहिला पहिला सुनेको थिए महामारी भनेको त डरलाग्दो बिनाश काल हो रे भनेर, तर आज त्यो अवस्था नेपाली नागरिक भोगिरहेका छन्। हैजा भोकमरी र महामारिका कारण कैयौं मानिसहरुले ज्यान गुमाउनु परेको छ भने कति बिचल्लीमा परिरहेका छन्। नेपालीहरुको महान पर्व दशैं तिहारमाको बखत उनीहरु जीवन रक्षाको लागि भिख मागिरहेका छन् भने कैयौं मानिस खुल्ला आकाशमुनि एक घुट्को पानीमा नै रमाउनु पर्ने बाध्य भएका छन्। मुलुकमा राजनीतिक अस्थिरता दिनप्रतिदिन बढ्दै गएको छ, दाजु, सधैँ असहमतीको राजनीति। प्रमुख राजनीतिक दलमा बढेको असमझदारी दशैपछि समाधान हुने आश्वासन दिएका थिए जनतालाई, त्यो पूरा हुनु त परै जाओस् लगत्तै नेताहरुलाई फेरि तिहारको रौनकताले छोईसकेछ क्यारे। फेरि तिहार पछि राजनीतिक निकासा खोजिने आश्वासन बाँडेका छन् जनतालाई। यसरी नेताका लागि दशैंतिहार जनताको जिज्ञासा र उत्सुकतालाई केही हदसम्म साम्य बनाउने माध्यम बनेको छ दाजु।
लक्ष्मीको पूजाआराधना गर्ने, यमराज र यमुनाको जस्तो सम्बन्ध स्थापना गर्ने, बलिराजाको स्तुती गाउने, मानव तथा मानवेतर प्राणीको पूजा गरी धुमधाम सँग मनाउने पर्व तिहार सांस्कृति, धार्मिक, दार्शनिक महत्व रहनुका साथै दाजुभाइ दिदीबहिनीबीच दुख सुख बाँडी स्नेहको गाँठो दरिलो बनाउने मिलन दिवस हो तिहार। यस्तो पवित्र पर्वलाई बिकृत, बोझलो र दुखदमय बनाउने यस्ता कु–संस्कृति भित्रिँदै छ आज।
खै! यस्तो बेलामा गाउँमा तिहारको के रौनकता छ भनूँ दाजु? तपाईँ नेपाल हुँदाको जस्तो तिहार अहिले कहाँ छ र? त्यो बेलाको जस्तो परम्परागत सांस्कृतिक मौलिकपन, साथीभाइबिचको बन्धुत्व, उत्साहमय बातावरण सबै पलायन भए दाजु। त्यसैले नेपालीहरुको महान पर्व तिहार सम्झेर पछुताउनु पर्दैन दाजु।
बस, यति मात्र हो कि यो तिहारमा पनि तपाईं र मेरो दुरी टाढा हुने भयो। यो साल पनि बहिनीको हातबाट निधारमा सप्तरङ्गी टीका अनि गलामा मखमली र सयपत्री फूलको माला पहिरिन पाउनुभएन। भन्नुभएको थियो पोहोर साल \'यो वर्ष त छुट्टी पाइन बहिनी अर्को वर्ष सकेसम्म मिलाउँछु\' भनेर। मलाई थाहा छ दाजु हाम्रो लागि नुनपानीको जोहो गर्न बिदेशीको ईसारामा उनीहरुको चाकरी र धन्दामानै आफूलाई होम्न बाध्य हुनुभएको छ। परिवारसँग खुसीसाथ रमाउने ईच्छा आकांक्षालाई मृद्ध हाँसोले पचाउनुभएको छ। त्यसैले म पनि भन्न बिवश छु ठिकै छ, अर्को सालको तिहारमा त अवश्य पनि घर आउने छुट्टी मिलाउनु होला। आशा लिएको
छ देशको परिस्थितिले पनि नयाँ मोड लिनेछ। अनि पारी गाउँको माष्टरकी आमाको निम्तो पनि पुरा हुनेछ।
उही परदेशीकी बहिनी
मिना थापा मगर
पोखरा
[ मुढेबास धनकुटा, हाल - दोहा कतार]
वयस्कताको प्रवरता
मेरो अंग-अंगमा सवार हुँदा,
मलाई लाग्छ,
राष्ट्रवादको उत्तेजना
म मा अत्तिचापले उन्माद बढेको छ,
त्यसैले मैले, अखर फेरो लिनु छ तर,
बिवाहको शुभदिनमा घन्केको बाजाहरुले कतै
मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ !
म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...
संघारैमा गणतन्त्रको रत्यौली नाच्नेहरु रत्किन्दा,
कतै मेरो सुहागरात नै खल्बलिन्छ कि भन्ने डर लाग्छ !
क्रान्तिकारी भए वाईसियल,
या त जनजाति र पुर्वी लिम्बुवानहरुका जन्ती
तराई मोर्चाका भए,
या त मधेसी फोरमका जन्ती,
छिट्के डान्सको उफ्राईले मुलुक थर्किन्दा कतै
मेरो त निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,
म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...
दिवारैमा स्वायत्तताको शिल्लक र भजन गाउँदाको गुञ्जमानले
कतै मेरो सुहागरात नै बिथोलिन्छ कि भन्ने डर लाग्छ !!
संरचनामा मिहिन भए,
लोकतन्त्रका कृतन पढनेहरु
या त पण्डित भयो जग्यहोममा शुभम मंगलम पढ्नेहरु,
कतै आफै - आफै दक्षिणाको पौठेजोरी खेल्दा कतै,
मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,
म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...
पण्डित बाजेको स्वाहाले गृह तनाव मचिन्दा !!!
कतै मेरो त सुहगरात नै बिथोलिन्छकी भन्ने डर लाग्छ !! तथास्तु !!!
[ धरान ७, नेपाल (हाल Hongkong Wanchai) फोन: ५८२-५३१८-७०५३ E-mail: magar_ganesh@hotmail.com, ganeshmagar8@gmail.com web: www.mulbato.com, www.loverose1989.multiply.com पेशा: Secuarity, पत्रकारिता (www.mulbato.com) ]
फूल झैं फूलीरहोस् हामी सबै नेपालीको जिन्दगी
हाम्रै देशको त्यो साझा फूलबारीमा काँडाहरू माझ
जून झैं सधै चम्कीरहोस् हामी सबै नेपाली को जिन्दगी
अँधेरी त्यो रातको ९ लाखे ताराहरु माझ
छावोस् सबै नेपालीको मनमा सुख शान्ती नपरून् है कसैलाई नि आपत्ति
हटोस् देशबाट लडाई हत्या सधैं सबै नेपालीको लागि हाम्रै नेपाल आमाको माझ
झरना झै पबित्र र सागर जस्तै शान्त रहोस् हामी सबै नेपालीको मन बिचार नियति
मनमा ख़ुशी बोकी सधैं उडिरहोस् सबै नेपालीको मन खुल्ला त्यो आकाशमा चरीहरुको माझ
सधैं पुर्णिमाको जून झैं ख़ुशी साथ हाँसी चम्कीरहोस् सबै नेपालीको जिन्दगी
औंसीको त्यों कालो रातलाई उछिनेर टह टह उदाउने चन्द्रमाको माझ
सधै-सधै ख़ुशीमय हाँसोमा नै बितोस् हामी सबै नेपालीको जिन्दगी
यहीं नै छ मेरो धरान बुढा-सुब्बा सँग प्रार्थना हामी सबै नेपालीको माझ
हिमालको चुचुरो झैं अटल रहोस् हामी सबै नेपालीको शिर
सधैं-सधैंलाई हामी आ-आफै नेपालीहरुकै माझ
गर्छु कामना बन्द रहोस् लडाई युद्द हाम्रो नेपालमा नपरोस् है कसैको घरमा दुःख पीर
शान्ति छावोस् नेपालमा हामी नेपालीको जीबन दुबो झैं मौलाई रहोस् लडाई मैदानको माझ
स्वच्छ रहोस् हामी सबै नेपालीको मन शान्त सागर झैं रहोस् हाम्रो भावना
बन्द हड्ताल हटीजावोस् नेपालमा हाँस्न सकोस् नेपाली आफ्नै परिवारको माझ
नबनुन् है कोही अब टुहुरा छावोस् बरु खुशियाली गरीब निमुखाको घर आँगनमा
लौ त यहीं नै छ मेरो नयाँ वर्ष 2068 सालको शुभकामना सबै नेपालीलाई हरेक बिहान अनि हरेक साँझ
+++ समाप्त +++
वर्ष १८ की सरुको आजकल खुशीको सीमा छैन, किनकी उनले पढ्नुको अर्थ घर परिवार समाजलाई बुझाउन सकेकी छ। घरपरिवारले उनीबाट पढाउनुको हिसाबकिताब मिल्ने छाँटकाँट देखिइरहेको छ। तसर्थ, उनमा गौरवको पराकाष्ठा छोएझैं लागिरहेको छ। उनी खुशी हुनुमा एउटै कारण छ, उनले भर्खरै जागिर पाएकी छिन्।
यता, वर्ष २५ का सविन हिजो आज खुबै चिन्तित छ, उनले गत वर्ष स्नातकको अध्ययन सकेका हुन्। जागिरको लागि विगत एक वर्षदेखि उनी भौंतारिरहेका छन्। उनले जागिरलाई पछ्याईरहेका छन्, तर, अहँ भेट्न सकेको छैन। घर परिवारको सल्लाह मुताविक उनी विदेश जान खोजे। राम्रो तलब पाउँछ रे भन्ने सुनिएको कोरियाका लागि उनले परीक्षा दिए तर, फेल भए। शिक्षित बेरोजगार सविन अब खाडी राष्ट्रतिर जाने बारे सोंच्दैछन्।
उता, वर्ष २२ का कृष्णबहादुर लाहुरे हुन चाहन्थे। दुई पटक उनी एआरओ सेलेक्सनमा फालिए। गत वर्ष उनको नेटमा नाम निस्किएन। उनलाई अहिले जीवनदेखि विरक्त लागिरहेको छ। उनी चिन्तित छन्। बुवा आमा तथा आफ्नो सपना पूरा गर्न नसक्दा उनी नशामा फस्न पुगेका छन्।
सरू, सविन र कृष्णबहादुर हाम्रो समाजका युवा वर्गका प्रतिनिधिहरू हुन् जो देशमै बसेर केही गर्न चाहन्छन्, तर रोजगारीको अभावमा आफ्नो अमूल्य समयलाई बिनाकारण खर्चिरहेछन्। अहिलेको अवस्थामा युवा वर्गको सबैभन्दा ठूलो समस्या बेरोजगारी बन्दैछ। जसका कारण युवाहरु वर्ग गलत कार्यमा लाग्ने गरेका उदाहरणहरु हाम्रो समाजमा प्रशस्तै पाईन्छन्।
थुप्रै युवा वर्गका आँखाहरु एकाबिहानै प्रकाशित हुने पत्रिकाहरूमा रोजगारी, आवश्यकता जस्ता सूचनाहरूमा पुग्छन्। उनीहरूलाई पत्रिकाको समाचार भन्दा पनि रोजगारीको अवसर कहाँ पाईन्छ भन्ने बिषयवस्तु महत्वपूर्ण बनेको हुन्छ। हाम्रो समाज, देशका युवा वर्गले भोगेको यो कटु यथार्थ पनि हो।
बढ्दो बेरोजगारीसँगै युवा वर्गलाई राजनीतिक पार्टीले पनि गलत प्रयोग गरिरहेका छन्। युवा वर्गलाई लडाकु जत्था निर्माणमा अभिप्रेरित गरेर बेरोजगार युवालाई नेताहरूलाई दुरुपयोग गरेको उदाहरण हामी सामु प्रशस्त छन्। प्रत्येक चुनावहरू युवा वर्गलाई रोजगारीको आशा सञ्चार गराउने बिहानी बनेर आउँछ। तर, नेताहरू कुर्सीमा पुगेपछि त्यो सुन्दर बिहानीसँगैको आशा साँझसँगै विलिन भएको युवाहरू देख्न बाध्य छन्।
यस्तै निराशासँगै बिलिन भएका युवा हुन् शम्भु राजवंशी, शम्भुलाई धेरैले नचिन्लान् किनकी शम्भु जस्ता युवाहरूको हाम्रो समाजमा कमी रहेन। शम्भुका बुवा हुन्, डिकेन्द्र राजवंशी। झापा बिद्रोहमा आफूलाई अग्रपंक्तिमा राख्दै कामचोर बिरुद्ध क्रान्तिको ज्वारभाटा सिर्जना गर्ने व्यक्ति हुन्, डिकेन्द्र। जो पञ्चायती व्यवस्थाको अन्यायको जञ्जिर तोड्न आन्दोलनमा होमिएका थिए। उनले सोंचेका थिए, यो व्यवस्थाको अन्त्यसँगै आङ ढाक्ने समस्या नहोला। आकाशलाई छानो सम्झेर सुत्नुपर्ने दिन सकिएला। मुख्यतः बेरोजगारी समस्या हल होला। युवाहरू स्वरोजगार होलान्, अन्याय र अत्याचारको शिलशिला बन्द होला। त्यही समयमा उनका सहकर्मीहरूलाई पञ्चायती शासकहरूले बर्बरतापूर्वक हत्या गरे। ०४६ सालको आन्दोलनमा पनि उनी आन्दोलनको अग्रपंक्तिमा रहेर विधिको शासन ल्याउन उद्यत रहे। ०६२/०६३ को जनआन्दोलनमा पनि डिकेन्द्र सक्रिय रहे। जीवनको दस वर्ष जेल जीवन बिताए। आन्दोलनकै क्रममा उनको खुट्टामा गोली लाग्यो। युवा जीवनको पार्टीमा समर्पण गरेर बिताएका डिकेन्द्र ०६२/०६३ को जनआन्दोलनसम्म आईपुग्दा ६ दशक पार गरिसकेका थिए। उनको जीवन बिस्तारै वृद्धावस्था तर्फ केन्द्रीत भईरहेको थियो। उनी सर्वहारा गरीब परिवारका व्यक्ति थिए। हातमुख जोड्न निकै समस्या थियो। उनीसँगै झापा बिद्रोहमा होमिएका ०४६ सालको आन्दोलनमा समाहित भएका व्यक्तिहरू सत्ता सञ्चालनको बागडोर सम्हाल्न पुगिसकेका थिए। तर, उनी चाहिं बाँच्नका लागि संघर्ष गरिरहेका थिए। उनको जीवन कालमा आफूले जागिर खान असमर्थ रहेतापनि छोरो शम्भुलाई जागिर लगाउने उनको धोको थियो। पार्टीले पनि जागिर लगाइदिने आश्वासन दिएका थिए। पार्टी सरकारमा रहँदा छोरालाई जागिर लगाईदिन उनी कैयौं पटक काठमाडौं धाए। पार्टीले कानमा तेल हालेर बसेपछि काठमाडौंमै पार्टी कार्यालयमा आई उनी बसेका थिए। अवसर पाई सत्तामा पुगेपछि सहकर्मीहरू सुबिधाभोगी भएका थिए। स्वार्थी मनोवृत्तिको वृद्धि भएको थियो। उनको अन्तिम ईच्छा छोरालाई जागिर लगाईदिने थियो। किनकी, छोरा नै उनको बुढेसकालको सहारा थियो। तर, पूराना योद्धा डिकेन्द्रप्रति पार्टीभित्र चासो देखाउनेको अभाव भएपछि उनको हृदय छियाछिया हुन्थ्यो। पार्टी कार्यालयमै उनी कैयौंपटक रोएका थिए। छोरालाई जागिर लगाईदिन नेताका पाउ पर्दापर्दै थाकेका डिकेन्द्र आफ्नो जीवनबाट समेत थाके। अर्थात्, पार्टी कार्यालयमै आत्महत्या गरेर उनले देहलीला समाप्त पारे। यसरी, युवावस्थामा पार्टीमा लागेर जीवन अर्पेका डिकेन्द्रलाई पार्टीले नै वास्ता गरेन। ऊ मात्र पार्टीलाई सत्तामा पुर्याकउने फलामको भर्यानङ बन्यो। बुवाको मृत्युपछि छोरा शम्भुको चित्कारलाई टेलिभिजनको पर्दाले हाईलाईट्स गर्योल। त्यो बेला अश्रुभेलसँगै शम्भुले टेलिभिजनको पर्दाअगाडि भनेका थिए, यदि जागिर लगाईदिन सक्दैन भने हामी गरीबहरूलाई किन आशा देखाएको? बुवाले पार्टीको लागि जीवन सुम्पिनुभयो। आज, हामी खान नपाएर मर्ने स्थितिमा छौं। के मेरो बुवाले यही देख्नको लागि गोली खानु भएको थियो? वास्तवमा गम्भीर प्रश्न थियो यो। बेरोजगारीले जन्माएको नमीठो पीडा शम्भु पोख्दै थियो। डिकेन्द्रको मृत्युपछि उनको परिवारले केही राहत पायो। तर, शम्भुले जागिर चाहिं पाएन। बुवाको मृत्युपछि पुनः जागिरको खोजीमा हिँडेका शम्भुले जागिरको अभावमा आत्महत्या गरे।
युवा बेरोजगारीले निम्त्याएको यो समस्या निकै दर्दनाक छ। राजनीतिक पार्टीहरूले युवाहरूलाई आश्वासनको भारी बोकाई यसरी नै निराशाको खाडलतर्फ डोर्याईरहेछ, जहाँ अन्धकार भविष्य छ। त्यसैले युवाहरू ऋण काढेर, घरजग्गा बन्धकी राखेर विदेश पलायन भईरहेका छन्। दिनहुँ, हजारौं युवा खाडीराष्ट्र तथा अन्य मुलुक गईरहेका छन्। किनकी नेपालमा बसेर सुखद भविष्य तिनीहरूले देख्न सकेका छैनन्।
विदेशमा पनि त्यस्तै समस्या छ। केही समय अघि ओमनमा पुगेका नेपालीहरूको कुरा उल्लेखनीय छ। राम्रो तलब सजिलो कामको आशा गर्दै पन्ध्र जना नेपाली त्यहाँ पुगेका थिए। त्यहाँ पुगेपछि तिनीहरूले भनेजस्तो काम र तलब त परै जाओस् पन्ध्र घण्टा काम गर्दा पनि तलब पाएनन्। सम्झौता अनुसारको काम र तलवको कुरा गर्दा उल्टै तिनीहरू जागिरबाट निष्काशित भए। बिना पैसा निकालिएपछि तिनीहरू बिचल्लीमा परे। एक हप्ता भोकभोकै बसे। एक दिन दुई नेपाली भेटिए। त्यसपछि ती नेपालीसँगै पन्ध्र जना अलपत्र परेका नेपालीहरू पाँच महिना देखि सँगै बसे। ती दुई जना साथीहरूले प्लाष्टिकमा ल्याईदिएका खाना, दाल, थोरैथोरै बाँड्दै एउटा सानो कोठाको चिसो भूइँमा दुःखद जीवन बिताइरहेको दृश्य खिचेर तिनीहरूले नेपालका सञ्चारमाध्यममा पठाएका थिए। त्यो कारुणिक विचल्लीको दृश्यमा तिनीहरू भन्दै थिए, हामी पाँच महिनादेखि चिसो भुइँमा सुतेर थोरै खाना खाएर बाँचिरहेका छौं। नेपाल सरकार हामीलाई बचाउनुपर्यो। एनआरएनलाई पनि हामीले गुहार्यौं, दुतावासलाई पनि खबर गर्यौंप, तिनीहरू आशा मात्र देखाउँछन्। आशा गर्दागर्दै अब त सास पनि जालाजस्तो भईसक्यो। ती बाँच्नका लागि पाँच महिनादेखि निरन्तर संघर्ष गरिरहेका पन्ध्र नेपाली भन्दै थिए। अब हामीसँग एउटा मात्र विकल्प छ। त्यो हो सामूहिक आत्महत्या।
यसरी, बेरोजगारी समस्याले युवाहरू दिनदिनै निराश, हताश र उदास बन्दै छन्। देशमा रोजगारी नपाएपछि मलेशिया, कतार, साउदी अरब लगायतका कैयौं देशमा लाखौं नेपाली सुन्दर भविष्य खोज्न गईरहेका छन्। मरुभूमिमा ऊँट चराउने, भेडा हेर्नुपर्ने, अग्लो घरमा जोखिमपूर्ण कार्य गरेर स्वदेशमा जागिर नपाउनुको पिंडास्वरुप विदेशमा श्रम पोखिरहेका छन्।
कम्पनीले सम्झौता अनुसारको तलब नदिने, घरपरिवारलाई पैसा पठाउन समस्या हुने भएपछि मलेशिया, कतारमा जाने नेपालीहरूले बिदाको दिनमा नेपालीहरू भेला हुने ठाउँमा प्रहरीको आँखा छली सिडी, चुरोट, सुर्ती बेचेर दुई चार पैसा कमाउन खोजेको त्यो दृश्य पक्कैपनि कम कारुणिक छैन।
यता नेपालमा ईडीभीमार्फत् अमेरिका जान हजारौंले फारम भरिरहेका छन्। कोरियाका लागि पाँच हजार कामदार कोटाका लागि चालिस हजार भन्दा बढीले फारम भरेका थिए।
यसरी, स्वदेशमा रोजगारीको अभाव भएपछि युवा जनशक्ति दिनानुदिन विदेश पलायन, पछिल्लो आँकडा अनुसार चार महिनामा एक लाख भन्दा बढी युवा विदेश पलायन भईसकेका छन्। यो बृद्धिदर ३४ प्रतिशत रहेको तथ्यांकले पुष्टि गर्दछ। हुन त आफ्नै देशमा स–सम्मान जागिर गर्न कसलाई मन नहुँदो हो र? तर, गरीबी, बेराजगारीबाट मुक्ति पाउन घर परिवारलाई छोडेर युवा वर्ग विदेशको यात्रा गर्न विवश छन्। त्यसमाथि विदेशमा हुने चरम श्रम शोषण, महिलामाथि हुने यौनशोषणको खबरले स्वाभिमान हुन चाहने नेपालीहरूको शिर निहुरिन्छ। देशमै बसेर केही गरौं, जागिर पाउन निकै गाह्रो छ। गाउँ रित्तिएको छ। गाउँमा युवाहरू भेट्न गाह्रो भईसक्यो। दक्ष जनशक्ति दिनदिनै विदेश पलायन हुँदैछ। सरकारले युवा स्वरोजगार कार्यक्रम अघि सारेपनि त्यो प्रभावकारी हुन सकेको छैन। एक शिक्षित बेरोजगार साथी भन्दै थिए, नपढीकन जागिर पाउन गाह्रो, पढेपछि पनि गाह्रो।
तसर्थ, युवा बेरोजगार अहिलेको हाम्रो देशको निकै ज्वलन्त, संवेदनशील समस्या बनेको छ। यसप्रति राज्य गम्भीर भएन भने युवाहरू पलायन हुने क्रम अझ बढ्नेछ। त्यसपछि युवाहरूलाई देशको कर्णधार भनेर गर्व गर्नुमा कुनै अर्थ रहने छैन। बाँकी उदास, हतोत्साही युवाहरू कुलतमा लागिरहने छन्। घर परिवारलाई मर्दाको छोरा भन्ने उदाहरण दिन नसकेपछि युवाहरू आत्महत्याको बाटो रोज्न पछि पर्ने छैनन्। शम्भुको परिवारलाई दिएको राहत जस्तै, फिल्म पिप्ली लाईभमा नत्थाको परिवारलाई दिईने राहत जस्तै आफ्ना परिवारलाई राहत दिलाउन आत्महत्या गर्न तम्सिने दिन आउन सकिदैन भन्न गाह्रो छ।
यसर्थ, युवा बेरोजगारको विषयमा राज्य चनाखो हुनु आवश्यक छ। के राज्य युवाहरू यसरी नै आत्महत्याको शिकार भएको हेर्न चाहन्छ?
मिना थापा मगर
पोखरा
मेरो सुहागरात
डि. एन. मगर[ मुढेबास धनकुटा, हाल - दोहा कतार]
वयस्कताको प्रवरता
मेरो अंग-अंगमा सवार हुँदा,
मलाई लाग्छ,
राष्ट्रवादको उत्तेजना
म मा अत्तिचापले उन्माद बढेको छ,
त्यसैले मैले, अखर फेरो लिनु छ तर,
बिवाहको शुभदिनमा घन्केको बाजाहरुले कतै
मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ !
म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...
संघारैमा गणतन्त्रको रत्यौली नाच्नेहरु रत्किन्दा,
कतै मेरो सुहागरात नै खल्बलिन्छ कि भन्ने डर लाग्छ !
क्रान्तिकारी भए वाईसियल,
या त जनजाति र पुर्वी लिम्बुवानहरुका जन्ती
तराई मोर्चाका भए,
या त मधेसी फोरमका जन्ती,
छिट्के डान्सको उफ्राईले मुलुक थर्किन्दा कतै
मेरो त निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,
म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...
दिवारैमा स्वायत्तताको शिल्लक र भजन गाउँदाको गुञ्जमानले
कतै मेरो सुहागरात नै बिथोलिन्छ कि भन्ने डर लाग्छ !!
संरचनामा मिहिन भए,
लोकतन्त्रका कृतन पढनेहरु
या त पण्डित भयो जग्यहोममा शुभम मंगलम पढ्नेहरु,
कतै आफै - आफै दक्षिणाको पौठेजोरी खेल्दा कतै,
मेरो निन्द्रा नै खल्बलिन्छ कि भन्ने डर लाग्छ,
म त गौतम बुद्धको मान्छे, शान्ति जन्माउन चाहन्छु तर...
पण्डित बाजेको स्वाहाले गृह तनाव मचिन्दा !!!
कतै मेरो त सुहगरात नै बिथोलिन्छकी भन्ने डर लाग्छ !! तथास्तु !!!
बुद्ध र सेता परेवालाई
बुद्ध र सेता परेवालाई फेरी जगाउनु पर्ने भा, छ आज |
हिंस्रक ति नजरहरु फुटाउनु पर्ने भा, छ आज ||
कारुणिक रोदनसगै चर्कदै छ हत्त्या हिँशा खेल
अर्थ हीन मराइ लाई मेटाउने पर्ने भा, छ आज ||
आशान्ति र कोलाहल सँगै बढदै छ टुहरा र विधुवाहरु
मानवीयताका घडाहरु जुटाउनु पर्ने भा, छ आज ||
पलपलमा जिजिबिषा मारी परतन्त्र जीउनु परको छ
अडिग वीर शहिदलाई ब्युताउनु पर्ने भा, छ आज ||
फुलहरु यहाँ फुल्नै नपाई कोपिलामै झरेका छन्
अस्मिता जोगाउन पाइला अब बढाउनु पर्ने भा,छ आज ||

नयाँ वर्ष 2068 सालको शुभकामना सबै नेपालीलाई
गणेश पुर्बछाने मगर[ धरान ७, नेपाल (हाल Hongkong Wanchai) फोन: ५८२-५३१८-७०५३ E-mail: magar_ganesh@hotmail.com, ganeshmagar8@gmail.com web: www.mulbato.com, www.loverose1989.multiply.com पेशा: Secuarity, पत्रकारिता (www.mulbato.com) ]
फूल झैं फूलीरहोस् हामी सबै नेपालीको जिन्दगी
हाम्रै देशको त्यो साझा फूलबारीमा काँडाहरू माझ
जून झैं सधै चम्कीरहोस् हामी सबै नेपाली को जिन्दगी
अँधेरी त्यो रातको ९ लाखे ताराहरु माझ
छावोस् सबै नेपालीको मनमा सुख शान्ती नपरून् है कसैलाई नि आपत्ति
हटोस् देशबाट लडाई हत्या सधैं सबै नेपालीको लागि हाम्रै नेपाल आमाको माझ
झरना झै पबित्र र सागर जस्तै शान्त रहोस् हामी सबै नेपालीको मन बिचार नियति
मनमा ख़ुशी बोकी सधैं उडिरहोस् सबै नेपालीको मन खुल्ला त्यो आकाशमा चरीहरुको माझ
सधैं पुर्णिमाको जून झैं ख़ुशी साथ हाँसी चम्कीरहोस् सबै नेपालीको जिन्दगी
औंसीको त्यों कालो रातलाई उछिनेर टह टह उदाउने चन्द्रमाको माझ
सधै-सधै ख़ुशीमय हाँसोमा नै बितोस् हामी सबै नेपालीको जिन्दगी
यहीं नै छ मेरो धरान बुढा-सुब्बा सँग प्रार्थना हामी सबै नेपालीको माझ
हिमालको चुचुरो झैं अटल रहोस् हामी सबै नेपालीको शिर
सधैं-सधैंलाई हामी आ-आफै नेपालीहरुकै माझ
गर्छु कामना बन्द रहोस् लडाई युद्द हाम्रो नेपालमा नपरोस् है कसैको घरमा दुःख पीर
शान्ति छावोस् नेपालमा हामी नेपालीको जीबन दुबो झैं मौलाई रहोस् लडाई मैदानको माझ
स्वच्छ रहोस् हामी सबै नेपालीको मन शान्त सागर झैं रहोस् हाम्रो भावना
बन्द हड्ताल हटीजावोस् नेपालमा हाँस्न सकोस् नेपाली आफ्नै परिवारको माझ
नबनुन् है कोही अब टुहुरा छावोस् बरु खुशियाली गरीब निमुखाको घर आँगनमा
लौ त यहीं नै छ मेरो नयाँ वर्ष 2068 सालको शुभकामना सबै नेपालीलाई हरेक बिहान अनि हरेक साँझ
+++ समाप्त +++
युवा बेरोजगार र आत्महत्या
वर्ष १८ की सरुको आजकल खुशीको सीमा छैन, किनकी उनले पढ्नुको अर्थ घर परिवार समाजलाई बुझाउन सकेकी छ। घरपरिवारले उनीबाट पढाउनुको हिसाबकिताब मिल्ने छाँटकाँट देखिइरहेको छ। तसर्थ, उनमा गौरवको पराकाष्ठा छोएझैं लागिरहेको छ। उनी खुशी हुनुमा एउटै कारण छ, उनले भर्खरै जागिर पाएकी छिन्।
यता, वर्ष २५ का सविन हिजो आज खुबै चिन्तित छ, उनले गत वर्ष स्नातकको अध्ययन सकेका हुन्। जागिरको लागि विगत एक वर्षदेखि उनी भौंतारिरहेका छन्। उनले जागिरलाई पछ्याईरहेका छन्, तर, अहँ भेट्न सकेको छैन। घर परिवारको सल्लाह मुताविक उनी विदेश जान खोजे। राम्रो तलब पाउँछ रे भन्ने सुनिएको कोरियाका लागि उनले परीक्षा दिए तर, फेल भए। शिक्षित बेरोजगार सविन अब खाडी राष्ट्रतिर जाने बारे सोंच्दैछन्।
उता, वर्ष २२ का कृष्णबहादुर लाहुरे हुन चाहन्थे। दुई पटक उनी एआरओ सेलेक्सनमा फालिए। गत वर्ष उनको नेटमा नाम निस्किएन। उनलाई अहिले जीवनदेखि विरक्त लागिरहेको छ। उनी चिन्तित छन्। बुवा आमा तथा आफ्नो सपना पूरा गर्न नसक्दा उनी नशामा फस्न पुगेका छन्।
सरू, सविन र कृष्णबहादुर हाम्रो समाजका युवा वर्गका प्रतिनिधिहरू हुन् जो देशमै बसेर केही गर्न चाहन्छन्, तर रोजगारीको अभावमा आफ्नो अमूल्य समयलाई बिनाकारण खर्चिरहेछन्। अहिलेको अवस्थामा युवा वर्गको सबैभन्दा ठूलो समस्या बेरोजगारी बन्दैछ। जसका कारण युवाहरु वर्ग गलत कार्यमा लाग्ने गरेका उदाहरणहरु हाम्रो समाजमा प्रशस्तै पाईन्छन्।
थुप्रै युवा वर्गका आँखाहरु एकाबिहानै प्रकाशित हुने पत्रिकाहरूमा रोजगारी, आवश्यकता जस्ता सूचनाहरूमा पुग्छन्। उनीहरूलाई पत्रिकाको समाचार भन्दा पनि रोजगारीको अवसर कहाँ पाईन्छ भन्ने बिषयवस्तु महत्वपूर्ण बनेको हुन्छ। हाम्रो समाज, देशका युवा वर्गले भोगेको यो कटु यथार्थ पनि हो।
बढ्दो बेरोजगारीसँगै युवा वर्गलाई राजनीतिक पार्टीले पनि गलत प्रयोग गरिरहेका छन्। युवा वर्गलाई लडाकु जत्था निर्माणमा अभिप्रेरित गरेर बेरोजगार युवालाई नेताहरूलाई दुरुपयोग गरेको उदाहरण हामी सामु प्रशस्त छन्। प्रत्येक चुनावहरू युवा वर्गलाई रोजगारीको आशा सञ्चार गराउने बिहानी बनेर आउँछ। तर, नेताहरू कुर्सीमा पुगेपछि त्यो सुन्दर बिहानीसँगैको आशा साँझसँगै विलिन भएको युवाहरू देख्न बाध्य छन्।
यस्तै निराशासँगै बिलिन भएका युवा हुन् शम्भु राजवंशी, शम्भुलाई धेरैले नचिन्लान् किनकी शम्भु जस्ता युवाहरूको हाम्रो समाजमा कमी रहेन। शम्भुका बुवा हुन्, डिकेन्द्र राजवंशी। झापा बिद्रोहमा आफूलाई अग्रपंक्तिमा राख्दै कामचोर बिरुद्ध क्रान्तिको ज्वारभाटा सिर्जना गर्ने व्यक्ति हुन्, डिकेन्द्र। जो पञ्चायती व्यवस्थाको अन्यायको जञ्जिर तोड्न आन्दोलनमा होमिएका थिए। उनले सोंचेका थिए, यो व्यवस्थाको अन्त्यसँगै आङ ढाक्ने समस्या नहोला। आकाशलाई छानो सम्झेर सुत्नुपर्ने दिन सकिएला। मुख्यतः बेरोजगारी समस्या हल होला। युवाहरू स्वरोजगार होलान्, अन्याय र अत्याचारको शिलशिला बन्द होला। त्यही समयमा उनका सहकर्मीहरूलाई पञ्चायती शासकहरूले बर्बरतापूर्वक हत्या गरे। ०४६ सालको आन्दोलनमा पनि उनी आन्दोलनको अग्रपंक्तिमा रहेर विधिको शासन ल्याउन उद्यत रहे। ०६२/०६३ को जनआन्दोलनमा पनि डिकेन्द्र सक्रिय रहे। जीवनको दस वर्ष जेल जीवन बिताए। आन्दोलनकै क्रममा उनको खुट्टामा गोली लाग्यो। युवा जीवनको पार्टीमा समर्पण गरेर बिताएका डिकेन्द्र ०६२/०६३ को जनआन्दोलनसम्म आईपुग्दा ६ दशक पार गरिसकेका थिए। उनको जीवन बिस्तारै वृद्धावस्था तर्फ केन्द्रीत भईरहेको थियो। उनी सर्वहारा गरीब परिवारका व्यक्ति थिए। हातमुख जोड्न निकै समस्या थियो। उनीसँगै झापा बिद्रोहमा होमिएका ०४६ सालको आन्दोलनमा समाहित भएका व्यक्तिहरू सत्ता सञ्चालनको बागडोर सम्हाल्न पुगिसकेका थिए। तर, उनी चाहिं बाँच्नका लागि संघर्ष गरिरहेका थिए। उनको जीवन कालमा आफूले जागिर खान असमर्थ रहेतापनि छोरो शम्भुलाई जागिर लगाउने उनको धोको थियो। पार्टीले पनि जागिर लगाइदिने आश्वासन दिएका थिए। पार्टी सरकारमा रहँदा छोरालाई जागिर लगाईदिन उनी कैयौं पटक काठमाडौं धाए। पार्टीले कानमा तेल हालेर बसेपछि काठमाडौंमै पार्टी कार्यालयमा आई उनी बसेका थिए। अवसर पाई सत्तामा पुगेपछि सहकर्मीहरू सुबिधाभोगी भएका थिए। स्वार्थी मनोवृत्तिको वृद्धि भएको थियो। उनको अन्तिम ईच्छा छोरालाई जागिर लगाईदिने थियो। किनकी, छोरा नै उनको बुढेसकालको सहारा थियो। तर, पूराना योद्धा डिकेन्द्रप्रति पार्टीभित्र चासो देखाउनेको अभाव भएपछि उनको हृदय छियाछिया हुन्थ्यो। पार्टी कार्यालयमै उनी कैयौंपटक रोएका थिए। छोरालाई जागिर लगाईदिन नेताका पाउ पर्दापर्दै थाकेका डिकेन्द्र आफ्नो जीवनबाट समेत थाके। अर्थात्, पार्टी कार्यालयमै आत्महत्या गरेर उनले देहलीला समाप्त पारे। यसरी, युवावस्थामा पार्टीमा लागेर जीवन अर्पेका डिकेन्द्रलाई पार्टीले नै वास्ता गरेन। ऊ मात्र पार्टीलाई सत्तामा पुर्याकउने फलामको भर्यानङ बन्यो। बुवाको मृत्युपछि छोरा शम्भुको चित्कारलाई टेलिभिजनको पर्दाले हाईलाईट्स गर्योल। त्यो बेला अश्रुभेलसँगै शम्भुले टेलिभिजनको पर्दाअगाडि भनेका थिए, यदि जागिर लगाईदिन सक्दैन भने हामी गरीबहरूलाई किन आशा देखाएको? बुवाले पार्टीको लागि जीवन सुम्पिनुभयो। आज, हामी खान नपाएर मर्ने स्थितिमा छौं। के मेरो बुवाले यही देख्नको लागि गोली खानु भएको थियो? वास्तवमा गम्भीर प्रश्न थियो यो। बेरोजगारीले जन्माएको नमीठो पीडा शम्भु पोख्दै थियो। डिकेन्द्रको मृत्युपछि उनको परिवारले केही राहत पायो। तर, शम्भुले जागिर चाहिं पाएन। बुवाको मृत्युपछि पुनः जागिरको खोजीमा हिँडेका शम्भुले जागिरको अभावमा आत्महत्या गरे।
युवा बेरोजगारीले निम्त्याएको यो समस्या निकै दर्दनाक छ। राजनीतिक पार्टीहरूले युवाहरूलाई आश्वासनको भारी बोकाई यसरी नै निराशाको खाडलतर्फ डोर्याईरहेछ, जहाँ अन्धकार भविष्य छ। त्यसैले युवाहरू ऋण काढेर, घरजग्गा बन्धकी राखेर विदेश पलायन भईरहेका छन्। दिनहुँ, हजारौं युवा खाडीराष्ट्र तथा अन्य मुलुक गईरहेका छन्। किनकी नेपालमा बसेर सुखद भविष्य तिनीहरूले देख्न सकेका छैनन्।
विदेशमा पनि त्यस्तै समस्या छ। केही समय अघि ओमनमा पुगेका नेपालीहरूको कुरा उल्लेखनीय छ। राम्रो तलब सजिलो कामको आशा गर्दै पन्ध्र जना नेपाली त्यहाँ पुगेका थिए। त्यहाँ पुगेपछि तिनीहरूले भनेजस्तो काम र तलब त परै जाओस् पन्ध्र घण्टा काम गर्दा पनि तलब पाएनन्। सम्झौता अनुसारको काम र तलवको कुरा गर्दा उल्टै तिनीहरू जागिरबाट निष्काशित भए। बिना पैसा निकालिएपछि तिनीहरू बिचल्लीमा परे। एक हप्ता भोकभोकै बसे। एक दिन दुई नेपाली भेटिए। त्यसपछि ती नेपालीसँगै पन्ध्र जना अलपत्र परेका नेपालीहरू पाँच महिना देखि सँगै बसे। ती दुई जना साथीहरूले प्लाष्टिकमा ल्याईदिएका खाना, दाल, थोरैथोरै बाँड्दै एउटा सानो कोठाको चिसो भूइँमा दुःखद जीवन बिताइरहेको दृश्य खिचेर तिनीहरूले नेपालका सञ्चारमाध्यममा पठाएका थिए। त्यो कारुणिक विचल्लीको दृश्यमा तिनीहरू भन्दै थिए, हामी पाँच महिनादेखि चिसो भुइँमा सुतेर थोरै खाना खाएर बाँचिरहेका छौं। नेपाल सरकार हामीलाई बचाउनुपर्यो। एनआरएनलाई पनि हामीले गुहार्यौं, दुतावासलाई पनि खबर गर्यौंप, तिनीहरू आशा मात्र देखाउँछन्। आशा गर्दागर्दै अब त सास पनि जालाजस्तो भईसक्यो। ती बाँच्नका लागि पाँच महिनादेखि निरन्तर संघर्ष गरिरहेका पन्ध्र नेपाली भन्दै थिए। अब हामीसँग एउटा मात्र विकल्प छ। त्यो हो सामूहिक आत्महत्या।
यसरी, बेरोजगारी समस्याले युवाहरू दिनदिनै निराश, हताश र उदास बन्दै छन्। देशमा रोजगारी नपाएपछि मलेशिया, कतार, साउदी अरब लगायतका कैयौं देशमा लाखौं नेपाली सुन्दर भविष्य खोज्न गईरहेका छन्। मरुभूमिमा ऊँट चराउने, भेडा हेर्नुपर्ने, अग्लो घरमा जोखिमपूर्ण कार्य गरेर स्वदेशमा जागिर नपाउनुको पिंडास्वरुप विदेशमा श्रम पोखिरहेका छन्।
कम्पनीले सम्झौता अनुसारको तलब नदिने, घरपरिवारलाई पैसा पठाउन समस्या हुने भएपछि मलेशिया, कतारमा जाने नेपालीहरूले बिदाको दिनमा नेपालीहरू भेला हुने ठाउँमा प्रहरीको आँखा छली सिडी, चुरोट, सुर्ती बेचेर दुई चार पैसा कमाउन खोजेको त्यो दृश्य पक्कैपनि कम कारुणिक छैन।
यता नेपालमा ईडीभीमार्फत् अमेरिका जान हजारौंले फारम भरिरहेका छन्। कोरियाका लागि पाँच हजार कामदार कोटाका लागि चालिस हजार भन्दा बढीले फारम भरेका थिए।
यसरी, स्वदेशमा रोजगारीको अभाव भएपछि युवा जनशक्ति दिनानुदिन विदेश पलायन, पछिल्लो आँकडा अनुसार चार महिनामा एक लाख भन्दा बढी युवा विदेश पलायन भईसकेका छन्। यो बृद्धिदर ३४ प्रतिशत रहेको तथ्यांकले पुष्टि गर्दछ। हुन त आफ्नै देशमा स–सम्मान जागिर गर्न कसलाई मन नहुँदो हो र? तर, गरीबी, बेराजगारीबाट मुक्ति पाउन घर परिवारलाई छोडेर युवा वर्ग विदेशको यात्रा गर्न विवश छन्। त्यसमाथि विदेशमा हुने चरम श्रम शोषण, महिलामाथि हुने यौनशोषणको खबरले स्वाभिमान हुन चाहने नेपालीहरूको शिर निहुरिन्छ। देशमै बसेर केही गरौं, जागिर पाउन निकै गाह्रो छ। गाउँ रित्तिएको छ। गाउँमा युवाहरू भेट्न गाह्रो भईसक्यो। दक्ष जनशक्ति दिनदिनै विदेश पलायन हुँदैछ। सरकारले युवा स्वरोजगार कार्यक्रम अघि सारेपनि त्यो प्रभावकारी हुन सकेको छैन। एक शिक्षित बेरोजगार साथी भन्दै थिए, नपढीकन जागिर पाउन गाह्रो, पढेपछि पनि गाह्रो।
तसर्थ, युवा बेरोजगार अहिलेको हाम्रो देशको निकै ज्वलन्त, संवेदनशील समस्या बनेको छ। यसप्रति राज्य गम्भीर भएन भने युवाहरू पलायन हुने क्रम अझ बढ्नेछ। त्यसपछि युवाहरूलाई देशको कर्णधार भनेर गर्व गर्नुमा कुनै अर्थ रहने छैन। बाँकी उदास, हतोत्साही युवाहरू कुलतमा लागिरहने छन्। घर परिवारलाई मर्दाको छोरा भन्ने उदाहरण दिन नसकेपछि युवाहरू आत्महत्याको बाटो रोज्न पछि पर्ने छैनन्। शम्भुको परिवारलाई दिएको राहत जस्तै, फिल्म पिप्ली लाईभमा नत्थाको परिवारलाई दिईने राहत जस्तै आफ्ना परिवारलाई राहत दिलाउन आत्महत्या गर्न तम्सिने दिन आउन सकिदैन भन्न गाह्रो छ।
यसर्थ, युवा बेरोजगारको विषयमा राज्य चनाखो हुनु आवश्यक छ। के राज्य युवाहरू यसरी नै आत्महत्याको शिकार भएको हेर्न चाहन्छ?
गोविन्द सिंजाली मगर
govinda_g274@yahoo.com
govinda_g274@yahoo.com
Views : 20 | Last Updated : 2010-12-12 07:36:31
आदिवासी जनजातिसँग िपंडीखोलामा बितेका ती दिन
जेष्ठ २१ गते विनोद भाइलाई भ्याइनभ्याइ थियो । कारण स्याङ्जाको िपंडीखोला गाविसमा आदिवासी÷जनजाति समन्वय परिषद् िपंडीखोलाले आदिवासी÷जनजातिलाई सचेत र संगठित पार्न गर्न लागेको कार्यक्रमका लागि सम्पूर्ण बन्दोबस्ती मिलाउनुपर्ने । विनोद भाइको गाउँ स्याङ्जा जिल्लाको िपंडीखोला गाविसमा आदिवासी जनजातिहरुलाई सशक्तिकरण गर्न भनेर एक हप्ते अभियान सुरु गर्न लागिएको थियो । आदिवासी जनजाति समन्वय परिषद् िपंडीखोलाको अध्यक्ष विनोद आफैं भएकाले पनि उनले कार्यक्रमको तयारीका लागि सम्पूर्ण व्यवस्था मिलाएका हुन् । आदिवासी जनजाति सशक्तिकरण र आदिवासी जनजाति युवा सशक्तिकरणका लागि एक हप्ते निःशुल्क नेतृत्व विकास व्यक्तित्व विकास उद्घोषण तथा पत्रकारिता तालिमको लागि आवश्यक सम्पूर्ण सामग्रीहरु तयार पार्नुपर्ने भएकाले आदर्श अफसेट पि्रन्टस्रमा बनाउनका लागि दिइएको थियो । अनि भोलीपल्ट २२ गते िपंडीखोला प्रस्थान गर्नुपर्ने दिन तयार पारी राख्नका लागि प्रेसका साचालकलाई अनुरोध गरेर आ-आफ्नो डेरातिर लागियो । भोलीपल्ट स्याङ्जा प्रस्थानका लागि सम्पूर्ण बन्दोवस्ती सामानसहित तयार भएर प्रेसमा आयौं तर प्रेसमा अझै काम पूरा भएको रहेनछ । अझै एक डेढ घण्टा लाग्ने प्रेसका साचालकले भने । त्यति भनेपछि हामीलाई समय बिताउन असाध्यै गाह्रो भयो । त्यसपछि अब के गर्ने भन्दा विनोद भाइले एकछिन साइबर बसौं भनेपछि साइबर बसियो । करिब एक डेढ घण्टापछि हामी निस्कियौं र काम पनि पूरा भएको रहेछ । अनि त्यहाँबाट हामी गल्याङबाट िपंडीखोला जाने भएपछि गल्याङको गाडी लाग्ने ठाउँ लखनचोक पुग्नुपर्ने भयो । हामी लखनचोकका लागि माइक्रो चढ्यौं । पोखराको अत्यन्त व्यस्त चोक लखनचोक जहाँ नेपालका प्रथम सहिद लखन थापामगरको अग्लो सालिक ठड्याइएको छ । त्यहाँ माइक्रो बसबाट ओर्लिएपछि हामी सुनौली पुग्ने गाडीमा गल्याङसम्म जानका लागि चढ्यौं । गल्याङ पुगेपछि निकै ठूलो पानी पर् यो । िपंडीखोला जाने गाडी छुटिसकेको रहेछ । तैपनि धन्न एउटा गाडीलाई भेट्न सफल भयौं तर सामानसहितको पिकअप भ्यानभित्र अटाई नअटाई चढ्ने भइयो । कच्ची सडक त्यसमाथि चिप्लो र भिरालो बडो अप्ठ्यारो कठिनका साथ जोखिमपूर्ण यात्रा पनि थियो त्यो । कता कता रमाइलो अनुभूति पनि भइरहेको थियो नौलो ठाउँमा जाँदा । कहिले ओर्लिएर पैदल त कहिले पुनः गाडीभित्र ठेलमठेल बसेर पेलाकोट गाविसको तोलातुङ भन्ने ठाउँसम्म पुगियो । त्यहाँबाट फेरि हिँड्नुपर्ने भयो किनकि हामी िपंडीखोला डुँडेबजार पुग्नु थियो । साँझ परिसकेको समयमा करिब एक डेढ घण्टाको यात्रापछि डुँडेबजार पुग्यौं र त्यहाँको तिवारी होटलमा बस्ने निधो भयो ।
भोलीपल्ट २३ गते कार्यक्रमको सुरुको दिन । तालिमको प्रमुख प्रशिक्षक र सचेतना अभियानका लागि प्रमुख सहजकर्ताको भूमिका साह्रै गहन थियो । मलाई साथ दिने विनोद भाइ त छँदै थिए । बिहान ८ बजेबाट ११ बजेसम्म तीन घण्टा तालिम चलाउने र दिउँसो गाउँ गाउँमा सचेतना कार्यक्रम गर्ने भन्ने भयो । िपंडीखोलामा आदिवासी÷जनजातिहरु भनेका मगर गुरुङ केही नेवार थकाली र घर्ती पनि रहेछन् । गाविसका नौ वटा वडामध्ये पाँच वटा वडामा आदिवासी जनजातिको बसोबास रहेछ । पाँच वटा वडामा दुई वडामा गुरुङ र अन्यमा मगर जातिको बसोबास रहेछ । तालिममा सहभागी हुन पनि निकै उत्साहपूर्वक त्यहाँका मगर गुरुङ युवा युवतीहरु आए । सबैजना सित चिनाजानभएपछि त नौलो ठाउँ लागेको सुरुआतमा बिस्तारै आफ्नै लाग्न थाल्यो । तालिममा सबैको सकि्रय सहभागीता अत्यन्त चासो देख्दा म साँच्चिकै हर्षले विभोर भएको थिएँ । सबै युवायुवतीहरुमा नेतृत्व विकास व्यक्तित्व विकास उद्घोषण र पत्रकारिताप्रति अत्यन्त सहजता देख्दा साँच्चिकै जोशले मन भरिएर आउँथ्यो । पत्रकारिताप्रतिको बढ्दो गाउँले जीवनलाई देख्दा मैले पनि मेरो गाउँले परिवेशलाई एकपटक राम्ररी नै सम्झेँ । सबैमा रेडियोमा बोल्ने रहर पत्रकार बन्ने रहर र कमसेकम गाउँ ठाउँमा हुने विभिन्न कार्यक्रमहरुमा राम्रो उद्घोषण गर्ने रहर पाएँ । त्यो रहर रहरमात्रै जस्तो मलाई लागेको थिएन । एक खालको प्रतिबद्धता र भविष्यप्रतिको कर्तव्यबोध पनि थियो । एक हप्ताको अवधिमा धेरै कुराहरु साट्न नसकिएपनि अधिकांश महत्वपूर्ण कुराहरु साटिएको थियो । त्यो तालिममा सहभागी हुन प्रशिक्षार्थीहरु एक घण्टा वा डेढ घण्टाको बाटो हिँडेर आउँथे । त्यसरी दुःख गरेर तालिममा सहभागी भएकाहरुले मेहनत पनि राम्रै गरेका हुन् । एक हप्ताको छोटो अवधिमा पनि राम्रो प्रगति गर्न सके । नेतृत्व कसरी लिने व्यक्तित्वको विकास कसरी गर्ने रेडियो उद्घोषण र स्टेज उद्घोषण कसरी गर्ने र पत्रकारिताको बारेमा अत्यन्त गहन ज्ञान सीप र अनुभव साट्ने काम भयो । िपंडीखोलाजस्तो ठाउँमा पत्रकारिता तालिम दिएर के गर्ने भन्नेहरु नभएका होइनन् । तर हामीले त्यहाँ नागरिक पत्रकारिताको कुरा पनि गर् यौं । यो आजको युग भनेको नागरिक पत्रकारिताको युग हो । हरेक नागरिकले पत्रकारिताका बारेमा ज्ञान राख्नु आवश्यक छ भन्ने कुरा आजभोलीको समृद्धिउन्मुख समाजले राम्रैसित बुझेको अनुभव मैले गरेको छु । कमसेकम आफ्नो गाउँ ठाउँको घटना गतिविधि आदिका बारेमा पत्रकार नै नभएपनि आफैं पत्रकारले गर्ने काम गर्न पनि सकिन्छ भन्ने त्यसको मूल मर्म थियो ।
एकातिर यसरी तालिम चलेको थियो भने अर्कोतिर गाउँ गाउँमा आदिवासी जनजातिहरुलाई जागरुक गर्ने अभियानमा पनि थियौं । िपंडीखोला गाविसको वडा नम्बर ९ मा पर्ने स्यालबासबाट सुरु भएको सचेतना कार्यक्रम सल्यान चितुङ स्यालढुङ्गा र सिस्नेरीमा पुगेर समापन भयो । स्यालढुङ्गा र सिस्नेरीमा भएको कार्यक्रममा केही मगर अनि अधिकांश गुरुङ जातिको सहभागिता थियो भने अन्य वडामा मगर जातिको सहभागिता थियो । रमाइलो कुरा के थियो भने वडा ४ मा पर्ने पातीखर्क र चितुङलाई लक्षित गरी चितुङमा गरिएको कार्यक्रममा दलितहरुको समेत उपस्थिति भयो । सचेतना कार्यक्रममा सन्दर्भमा राष्ट्रिय जनगणना २०६८ का बारेमा समेत धेरै कुरा भए । धर्मका विषयमा सबैभन्दा बढी कुरा उठे । मगर जातिको धर्म के गुरुङ जातिको खास धर्म के आत्मनिर्णयको अधिकार मगरात स्वायत्त प्रदेश तमुवान स्वायत्त प्रदेश अनि आइएलओ १६९ का बारेमा समेत कुराहरु चलेका थिए । जातीय जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी अब बन्ने नयाँ संविधानले गर्नुपर्दछ भन्नेमा सबैले सही थापेका थिए । ब्राम्हणवादी राज्यसत्ताले आफूहरुलाई पिछडिएको अवस्थामा पुर् याएको उनीहरुको आत्मबोली थियो । धर्मको झगडाले विखण्डन ल्याउने तर्फ उनीहरुको चिन्ता पनि देखिन्थ्यो । हामी आदिवासी÷जनजातिहरु बौद्ध र बोन धर्मका अनुयायी हौं भन्नेमा उनीहरु करिब सहमत देखिन्थे । यस्तै यस्तै अत्यन्त रोचक र उपलब्धिमूलक नै रहे दिनहरु ।
यसरी नै अत्यन्त रमाइलो उत्साहपूर्ण तालिम कक्षा र सचेतना कार्यक्रमको एक हप्ता बितेको पनि पत्तै भएन । सबैसित घुलमिल भइसकेको मलाई अन्तिम समयमा आएर छुट्ने भन्ने बेलामा अलि नरमाइलो लागेको थियो । अन्तिम दिन २८ गतेको तालिम कक्षामा मैले बिदाइकै बारेमा कुरा गरेको थिएँ । पहिले त सबैजनालाई रमाइलो कुरा गरी हँसाइयो भने अलि पछि भावुक मुद्रा एकाएक देखियो । मेरो मात्र नभएर सबै प्रशिक्षार्थीको । म त बागलुङको दुर्गम ठाउँमा जन्मेको मान्छे स्याङ्जाको दुर्गम गाउँमा पुगेको थिएँ । कोही त यतिसम्म कि मसँग बोल्न समेत नखोज्ने किन भन्दा ूमुखबाट शब्दहरु नै ननिस्किएपछि के गर्ने सर आज असाध्यै नरमाइलो लागेको छ सरू कक्षामा सबैलाई बिदाइका शब्दहरु भनिसकेपछि औपचारिक समापन समारोहको आयोजना गरियो । त्यहाँ पनि सबैको उपस्थिति थियो । िपंडीखोलाका सकि्रय राजनीतिक दलदेखि शैक्षिक क्षेत्रका विभिन्न हस्तीहरु र सुरक्षाकर्मीसम्म थिए । एक हप्ताको अवधिमा सबैभन्दा राम्रो सहयोग नरोदय उच्च मावि र प्राचार्य हिमलाल न्यौपानेले गरेका थिए । अनि त्यस क्षेत्रमा विनोद भाइको नयाँ सम्भावनालाई धेरैले सलाम गरिरहेका थिए । सबैले विनोद रखालीमगर िपंडीखोलाको उदाउँदो तारा जसले समग्र िपंडीखोलाको भविष्य उज्यालो पार्नेछ भन्नेमा सबैको अटुट विश्वास थियो । उनलाई एक हिसाबले भन्दा असल नेता र नेतृत्वका रुपमा चित्रित गरेको पाएँ । असाध्यै खुशी पनि लाग्यो । सबैका भरोसायोग्य भाइ विनोदको पहल साथ र सहयोगले नै त्यो अभियान समग्रमा सफल भयो भन्ने मेरो ठम्याई हो । त्यस्तै अर्का धन्यवादका पात्र गाविस सचिव सुकदेव अर्याल जसले त्यो अभियानलाई साथ दिए । सबै िपंडीखोलाबासी दाजुभाइ दिदीबहिनीप्रति पनि मेरो आत्मीय सम्बन्ध बन्यो जसलाई मैले बिस्रनै नसक्ने भएँ । अन्त्यमा बाई बाई िपंडीखोला मौका मिले फेरि भेटौंला ।
नेपाल प्रथम हुन सफल मगर भाषाको कविता
लाफाको
भाके माहाले आब च खाटीङ लाफाको
लीसकेनाङ हीड कानई जाटीङ लाफाको
मापढीस्म न्हूनलाक पसा आब च पढीसीङ हई
अरू लख कानको ढरी अघेर आब बढ्डीसीङ हई
मीस्चकोके रीन्हाक्के कानूङ काजूस आले
छीनीङ ज ठालीङ काजूस यीङ्हूर हीड माले
कानकोई ज ईसई काजूस आब जाट्के आले
पट्ट कठाहा मायोन्मो कानको खाट्के आले
कानूङ मोईझा राप्च सूए ङोस्के जाक्ले ड
कानको बाहीक लीसाङ ट्याङ्च सूए राक्ले ड
ईस लीसके जोगडीके सोनीस् लाफाको
पट्टकोई आब रीक्मा घोनीस् लाफाको
कानूङ ठीटी रोस रेवस ढूट जीवाक्के ले
मीजाकोके ईसई ढूक कानई पाहाटाक्के ले
सम्वीढानाङ कानूङ लोयाट छान्के परीस्ले
ईस रीक्के बारी सभासडको आन्के परीस्ले
कानूङ मोईझा मगरात राहाले ड लाफाको
ईसई कानूङ लोयाट माहाले ड लाफाको
ए सभासड ज्यू कानूङ कूरा रीक्नीस् हई
खीन मूनीकीङ मीछूर्लूकको छीक्नीस् हई
रुद्र श्रीस मगर