उदेश्य
टाम्केकोट क्षेत्रलाई संरक्षण गरी ग्रामीण पर्यटकीय स्थलको रुपमा परिचित गराउने ।
मगर भाषा कला र संस्कृतिको विकास÷सरंक्षण गर्ने ।
घुमाउने घर ढिकीजांतो तथा हस्तर्निमित सामाग्रीको संरक्षण गर्ने ।
स्थानिय बासिन्दाको आयस्तर वृद्धी गर्ने ।
बिशेषता
सामुन्द्रिक सतहबाट करिब १८०० मी। उचाईमा रहेको टाम्केकोट डाडाँबाट हिमश्रृङ्गखलाका दृश्यसगै विभिन्न जिल्लाका मनमोहक दृश्यहरुको दृश्य हेर्न सकिने ।
ऐतिहासिक महत्व बोकेको माल्थुकोट बाबुछ्याक चौर रानिफाल टुडिखेल तथा रानिपोखको अवलोकन गर्न सकिने ।
चिया बगानको अबलोकन गर्न सकिने ।
मगरहरुको लोपन्मुख रितिरिवाज भाषा संस्कृतिको अवलोकन गर्ने ।
स्थानिय स्तरमा उत्पादित ताजा फलफुल तथा मगरी खानाको स्वाद लिन ।
महत्वपूर्ण दर्शनिय स्थलहरु
विश्वकै ठुलो सालिग्राम सेतिवेनि पैदलयात्रा ४५ मि।
मिर्मि÷सेतिवेणी जलयात्रा ४५ मि। पैदल
पाल्पा रानिमहल पैदलयात्रा ४ घण्टा
कालिगण्डकी ुएु जलविद्युत गृह मिर्मि १ घण्टा पैदल
सिसे्रकोट घुरुङ्खा मैदान २ घण्टा पैदल
सबै टाम्केकोट क्षेत्रको पैदल यात्रा ३ घण्टा भित्रै गर्न सकिने ।
ख्ाानाहरु
मगरी खाना बारा सेल सिल्टुङ्को खिचडी िढंडो गुन्द्रुक सिस्नुको परिकार लोकल कुखुरा कालो सँुगुरको ताजा मासुको परिकारहरु आदी ।
सुविधा
होम स्टेको व्यवस्था कच्ची मोटरबाटो व्यवस्था संाचारको सुविधा व्यवस्था खानेपानीको व्यवस्था गाईडको व्यवस्था आदी ।
वन्यजन्तु
कालिज मृग खरायो गौथली दुम्सी चितवा गोहोरो बाँदर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीहरु ।
पर्यटक आउने मार्ग
पोखरा - गल्याङ्ग - र तल्लो गल्याङ्गबाट ३ घण्टा कच्ची बाटो
बुटवल - गल्याङ्ग
गल्याङ्ग - मिर्मि पक्की तथा मिर्मि - सेतिवेणी जलयात्रा हुदैँ १ घण्टा पैदल
वालिङ - हुवास - त्रिवेणी कच्ची बाटो बाट ३ घण्टा पैदल
धन्यवाद !
No comments:
Post a Comment