आफुसंग भएका सूचना तथा कुनै ताजा खबर

कृपया village of nepal especially syangja संग सम्बन्धित आफुसंग भएका सूचना तथा कुनै ताजा खबर, समसामयिक, स्थल परिचय, धार्मिक, संस्कृतिक स्थल आदि यो jmyc ब्लगमा प्रकाशन गर्नु परेमा lapha.binod@gmail.com मा पठाई सहयोग गरिदिनुहोला | संसारभरी छरिएका nepali / Syangja बासीहरु तथा समस्त ब्लग भिजिटरहरुलाई जानकारी दिने उद्देश्यले यो ब्लगको सुरुवात गरिएको जानकारी गराऊदछौ |

हाम्रो संविधान सभामा


हाम्रो संविधान सभामा हामीलाई पार्छन् होला
दु:खको भवसागर देखि जनतालाई तार्छन् होला


सचिवालय र मन्त्रालयमै सधै अट्कीने बजेट
योजना खोली घर दैलोसम्म अब झार्छन् होला


बाँध, ब्यारेज र जताततै मिचेका सिमाना
देशको माया गर्दै साविककै ठाउँमा सार्छन् होला


हस् हुन्छ नभनि राष्ट् स्वार्थमा अडान लिए
मनपरी गर्ने वाह्य शक्ति सवै नै हार्छन् होला


नेपाली भए नेपालीलाई अब उप्रान्त नमारी
घुस भ्रष्टाचारलाई जरैदेखि काटी मार्छन् होला

टाम्केकोट महोत्सव उदेश्य

उदेश्य
टाम्केकोट क्षेत्रलाई संरक्षण गरी ग्रामीण पर्यटकीय स्थलको रुपमा परिचित गराउने ।
मगर भाषा कला र संस्कृतिको विकास÷सरंक्षण गर्ने ।
घुमाउने घर ढिकीजांतो तथा हस्तर्निमित सामाग्रीको संरक्षण गर्ने ।
स्थानिय बासिन्दाको आयस्तर वृद्धी गर्ने ।

बिशेषता
सामुन्द्रिक सतहबाट करिब १८०० मी। उचाईमा रहेको टाम्केकोट डाडाँबाट हिमश्रृङ्गखलाका दृश्यसगै विभिन्न जिल्लाका मनमोहक दृश्यहरुको दृश्य हेर्न सकिने ।
ऐतिहासिक महत्व बोकेको माल्थुकोट बाबुछ्याक चौर रानिफाल टुडिखेल तथा रानिपोखको अवलोकन गर्न सकिने ।
चिया बगानको अबलोकन गर्न सकिने ।
मगरहरुको लोपन्मुख रितिरिवाज भाषा संस्कृतिको अवलोकन गर्ने ।
स्थानिय स्तरमा उत्पादित ताजा फलफुल तथा मगरी खानाको स्वाद लिन ।

महत्वपूर्ण दर्शनिय स्थलहरु
विश्वकै ठुलो सालिग्राम सेतिवेनि पैदलयात्रा ४५ मि।
मिर्मि÷सेतिवेणी जलयात्रा ४५ मि। पैदल
पाल्पा रानिमहल पैदलयात्रा ४ घण्टा
कालिगण्डकी ुएु जलविद्युत गृह मिर्मि १ घण्टा पैदल
सिसे्रकोट घुरुङ्खा मैदान २ घण्टा पैदल
सबै टाम्केकोट क्षेत्रको पैदल यात्रा ३ घण्टा भित्रै गर्न सकिने ।

ख्ाानाहरु
मगरी खाना बारा सेल सिल्टुङ्को खिचडी िढंडो गुन्द्रुक सिस्नुको परिकार लोकल कुखुरा कालो सँुगुरको ताजा मासुको परिकारहरु आदी ।

सुविधा
होम स्टेको व्यवस्था कच्ची मोटरबाटो व्यवस्था संाचारको सुविधा व्यवस्था खानेपानीको व्यवस्था गाईडको व्यवस्था आदी ।

वन्यजन्तु
कालिज मृग खरायो गौथली दुम्सी चितवा गोहोरो बाँदर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीहरु ।

पर्यटक आउने मार्ग
पोखरा - गल्याङ्ग - र तल्लो गल्याङ्गबाट ३ घण्टा कच्ची बाटो
बुटवल - गल्याङ्ग
गल्याङ्ग - मिर्मि पक्की तथा मिर्मि - सेतिवेणी जलयात्रा हुदैँ १ घण्टा पैदल
वालिङ - हुवास - त्रिवेणी कच्ची बाटो बाट ३ घण्टा पैदल


धन्यवाद !