"५ औं टाम्केकोट कप भलिवल प्रतियोगिता 2071 "


"५ औं टाम्केकोट कप भलिवल प्रतियोगिता 2071 "
“ ५ औं टाम्केकोट कप भलिवल प्रतियोगितामा ” सहभागिताको लागि
श्री क्लव अध्यक्ष ज्यू,
........................युवा क्लव , ...................
स्थानिय मौलिक भाषा ,कला सस्ंकृति तथा पर्यटकिय सम्भावनाहरुलाई प्रचार प्रसार र जर्गेना गर्ने उद्धेश्यका का युवाहरुको प्रतिभा प्रस्फुटन गरी आपसि मित्रता निमार्ण स्वरुप यस क्लव ले विगत केहि वर्ष देखि टाम्केकोट महोत्सव हुदै क्लव स्तरिय टाम्केकोट कप भलिवल प्रतियोगिता सन्चालन गर्दै आइरहेको सर्वविधिनै छ । यस वर्ष पनि “५ औं टाम्केकोट कप भलिवल प्रतियोगिता ” विविध सास्ंकृतिक कार्यक्रमका विच भव्य रुपमा सन्चालन गर्न लागिरहेकोले तपाईको क्लवलाई सहभागि गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपशिल 
१. दर्ता मिती : २०७१ असोज ९ र १० गते 
२. खेल उद्धघाटन : २०७१ असोज ११ गत,े विहान ११ वजे 
३. प्रथम पुरस्कार : वोका , शिल्ड मेडल तथा प्रमाणपत्र 
४.द्धितीय पुरस्कार : पाठा , शिल्ड मेडल तथा प्रमाणपत्र 
५. तृतीय पुरस्कार : भाले , शिल्ड , मेडल तथा प्रमाणपत्र 
६.उत्कृष्ठ तथा अनुशासित खेलाडीलाई आकर्षक पुरस्कार 
७. दर्ता शुल्क : रु. १२५० मात्र
खेल सम्वन्धि केही नियमहरु :-
१. खेल टि.टि सिस्टम अनुशार हुनेछ । 
२. खेलमा टिम कोच , म्यानेजर तथा खेलाडी गरी ९ जनाको हुनुपर्नेछ । 
३.खेल वेस्ट अफ फाइभ हुनेछ । 
४.खेल रेफ्रिको आदेश अनुशार हुनेछ , कुनै विवाद आएमा आयोजकको निर्णय अन्तिम हुनेछ । 
५. खेल अन्तर क्लव स्तरीय हुनेछ । 
६. टाढाका खेलाडीहरुलाई खाना, वस्नको लागी सशुल्क व्यवस्था गरिएको छ । 
७.खेल सम्वन्धि अन्य नियम कार्यक्रम स्थलमै प्रस्तुत गरिनेछ । 
८. सहभागि क्लवले आफ्नो क्लवको लेटर प्याडमा सहभागि खेलाडि, टिम कोच, टिम म्यानेजर को नाम उल्लेख गरी क्लवको सचिव , अध्यक्षद्धारा हस्ताक्षर सहित दर्ता गर्न सकिनेछ ।
थप जानकारीको लागी : 9856051517 , ९८४६७३६१६३, ९८४६५७६२९८,
अन्य जानकारीको लागी क्लवको वेवसाइट तथा फेशवुक पेजमा Log in गरी हेर्न सक्नुहुनेछ ।
web- www.yourjmyc.blogspot.com
Facebook - JMYC Pindikhola syangja


No comments:

Post a Comment