सहयोग गरिदिनुहुन

विषय : सहयोग गरिदिनुहुन । 
स्थानिय मौलिक भाषा , कला सस्ंकृति तथा पर्यटकिय सम्भावनाहरुलाई प्रचार प्रसार र जर्गेना गर्ने उद्धेश्यका साथ युवाहरुको प्रतिभा प्रस्फुटन गरी आपसि भाइचारा निमार्ण स्वरुप श्री जनमुक्ति युवा क्लव पिडीखोला ७, सल्यान गाँउ स्याङ्जाले विगत केहि वर्ष देखि टाम्केकोट महोत्सव हुदैँ क्लव स्तरिय “टाम्केकोट कप भलिवल प्रतियोगिता” लगाएत विविध रचनात्मक कार्यक्रम सन्चालन गर्दै आइरहेको सर्वविधिनै छ । यस वर्ष पनि ‘राष्ट्रिय खेलकुदमा स्थानिय प्रतिभाको खोज’ भन्ने उद्ध्घोषका साथ पाचौं टाम्केकोट कप भलिवल प्रतियोगिता विविध सास्ंकृतिक कार्यक्रमका विच वडा दशैंको पावन अवशर पारी निम्न मिती समय र स्थानमा भव्य रुपमा सन्चालन हुन लागिरहेकोले उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न तपाई, तपाईको सस्ंथा मार्फत आर्थिक , भौतिक , तथा नैतिक तथा व्यानर उपलव्ध गराई सहयोग गरीदिनुहुन “ पाचौं टाम्केकोट कप भलिवल प्रतियोगिता २०७१ ”, मुल आयोजक समिति हार्दिक अनुरोध गर्दछौ ।
तपशिल
मिती :खेल उद्धघाटन २०७१ असोज ११ गते
समय : दिउसोँ १ वजे
स्थान : सल्यान गाँउ , क्लवको खेल मैदान , पिंडीखोला

निरमायाको नाम्लो कसले फुकाइदेला ?

निरमायाको नाम्लो कसले फुकाइदेला ?


निरमायाको नाम्लो कसले फुकाइदेला ?
- विनोद रखाली मगर
=============
निरमाया सिंजालीमगर १४ वर्षकी भइन् । उनका दुवाली यतिबेला ७र८ कक्षा पढ्दैछन् । तर, निरमाया न स्कुल जान्छिन् न साथीभाइसँग रमाउँछिन् । हिँडडुल गर्न नसक्ने उनी बेलाबेला थरथर काम्छिन् । आँखा, मुख, हात अनि खुट्टा बर्टाछिन् । कहिले वेहोस हुने त, कहिले आफ्नै सुरमा रमाउँथिन् । अब निरमायाका लागि आफ्नै सुरमा रमाउन पनि नपाईने भएको छ । घरपरिवारले उनलाई केहि महिनादेखि पशुसरह झ्यालमा डोरी लगाएर बाँध्न थालेका छन् ।
न उनले भोक लागेको बेला खान पाउँछिन् । न प्यास लागेको बेला पानी । कठै, बोल्न सक्ने भए पनि पानी माग्दीहुन् ।
पिडीखोला –७ , सल्यान स्याङ्जामा विसं २०५६ मङ्सिर २२ गते भिमवहादुर सिङ्जाली मगर र हरिशोभाको सातौँ सन्तान निरमाया जन्मदै मानसिक रोगी थिइन् । ५ वर्षसम्म निरमायामा केहि परिवर्तन आउन नसकेपछि परीवार चिन्तामा डुब्यो । सुरुको केही दिन स्थानिय चण्डी प्राथमिक विद्यालयमा भर्ना गरिदिए अभिभावकले । घुडाँले टेक्दै भए पनि दाईदिदीहरुको सहाराले उनी स्कुल जान्थिन् । विद्यालयमा पनि उनलाई छुट्टै रेखदेख गर्नु पथ्र्यो । उनी न वोल्न सक्थिन् न लेख्न । राम्रोसंग हिँडडुल गर्न नसकेपछि उनलाई स्कूल लाने कोहि भएनन् । त्यसपछि उनी वेवारिसे हुन थालिन् । घरकाले वास्ता गर्न छाडे । उनको टाउको, खुट्टामा धेरै चोट लाग्यो । यसले रोगमाथी घाउँ थप्यो । केहि सिप नलागेपछि परिवारले झ्यालमा नाङ्लोले बाँधेर राख्न वाध्य भए ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सुविधा दिएको छ । विस। २०६६ पौष , १ गते उनका बुवा निरमायालाई काँधमा बोकेर स्याङ्जा सदरमुकाम पुगे । २ दिन लगाएर अपाङ्गता परिचय पत्र बनाए । कहिले आफ्नै सुरमा तोते वोल्ने, कहिले मुख वाङ्गो वनाउदै हाँस्ने निरमायालाई अति अशक्त अपाङ्गता, सुस्तमनस्थिती अन्तरगत ‘ख’ वर्ग को निलो कार्ड दिइयो । कार्ड हात परेपछि भिमबहादुरले छोरीको उपचारमा राहत मिल्ने भो भन्दै हौसिए । तर, आशामाथी निराशा थपियो । उपचार गर्न सहयोग खोज्दै विभिन्न सरकारी निकायमा गए पनि उनलाई रित्तो हात फकाईयो । सरकारले उपचारमा सहयोग नगरेपछि उनी चिन्तित छन् ।
पिडीखोला गाविसमा अपाङ् समुहको वजेट मार्फत २०६९ सालमा रु। एक हजार सिवाय केहि आर्थिक ,भौतिक सहयोग नपाएको गुनासो छ उनकी आमा हरिशोभाको । अपाङ्गता भएका , सुस्तमनस्थिती भएका व्यक्तिहरुको सहयोगको लागि नेपालमा च्याउ सरी उम्रिएका गैर सरकारी सस्थांहरु पनि छन् । निरमायाको उपचार सहयोगको लागि भने अहिलेसम्म कसैको नजर पुगेको छैन । निरमायालाई गरिविकै कारण उनको परीवारले ठुलो अस्पतालको मुख देखाउन पाएका छैनन् । ‘घरमा विभिन्न क्षेत्रका ठुलाठुला मान्छेहरु आउछन् , के के सहयोग गर्ने भनेर आश्वासन दिन्छन्’ निरमायाका आमा हरिशोभाले रुन्चे स्वरमा भनिन्,‘ तर ती सवै सपना मात्र भएका छन् , सहयोग नगर्नेले किन आस नदेखाउनु नी रु
निरमायाको उपचार गर्न स्थानिय विद्यालय, आमा समुह , युवा क्लवले सवै संघसंस्थासँग सहयोगको आह्रवान गरेको छ । भर्खर १४ वर्षकी वालिकाको आफ्नो उज्वल भविश्य निमार्ण गर्न सवैले सहयोग गर्नुपर्ने चण्डी प्राथमिक विद्यालयका शिक्षक कमल रखाली मगर बताउँछन् । ‘अपाङ्गता भएका व्यक्तिहरुको रेखदेखमा सरकारले चासो देखाउनुपर्ने हो’ उनले भने,‘यीनीहरुको लागि आउने सरकारी वजेट पनि सम्वन्धित व्यक्ति सम्म कहिल्यै पुग्दैन ।’
गाँउकै स्थानिय जनमुक्ति युवा क्लवले निरमायाको उपचारमा सहयोग गर्न क्लवले सवैसंग सहयोगको आह्रवान गर्ने जनाएको छ । क्लवका अध्यक्ष किरण रानामगरले निरमायाका जिवन रक्षाको लागि सहयोग गर्न सवैलाई आग्रह गरे । ‘सवैले केहि न केहि सहयोग गरे निरमायाले पनि विद्यालय जान पाउने थिइन’ उनले भने,‘यो उमेरमा पशु सरह बाधिनु पर्ने थिएन ।’ निरमायाको घरमा आयआर्जनको स्रोत केहि छैन । उनको बुबाले कर्मी काम गर्छन् । त्यो रकम घर खर्चमै सकिन्छ । परीवार ठुलो हुँदा झन् समस्या परेको छ ।
निरमायाको सहयोगको लागि :-
पत्रकार- विनोद रखाली मगर :- 9856051517
लक्ष्मि टेलिभिजन , स्याङ्जा :- 063-460201,063-460251



नाम्लोले वाँधिएकी अपाङ्ग वालिका निरमायाको लागी सहयोग हस्तान्तरण 
विनोद रखाली मगर
स्याङ्जा , भाद्र १४

स्याङ्जा जिल्ला पिडीखोला ७, सल्यान गाँउ निवासी भिम वहादुर सिङ्जाली मगरका १४ वर्षकी अपाङ्ग छोरी निरमाया सिङ्जालीको लागी लागी सङ्कलन भएको सहयोग रकम रु.१२५०० एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । स्थानिय श्री जनमुक्ति युवा क्लवले आयोजना गरेको तिज विशेष कार्यक्रममा उक्त रकम सामाजिक अभियन्ता तथा सन्चारकर्मी विनोद रखाली मगरले हस्तान्तरण गरेका हुन् । रखाली मगरले अपाङ्ग वालिका निरमायाको अवस्थाको वारेमा लेखीएको समाचार मार्फत कुवेत रहनुहुने माया मगरले रु.१२,००० र गल्याङ् निवासी कमल वस्याल ले रु. ५०० गरी कुल रु.१२,५०० निरमायालाई हस्तान्तरण गरीएको हो ।

उपस्थितीको लागि

विषय : उपस्थितीको लागि । 
स्थानिय मौलिक भाषा , कला सस्ंकृति तथा पर्यटकिय सम्भावनाहरुलाई प्रचार प्रसार र जर्गेना गर्ने उद्धेश्यका साथ युवाहरुको प्रतिभा प्रस्फुटन गरी आपसि भाइचारा निमार्ण स्वरुप यस क्लव ले विगत केहि वर्ष देखि टाम्केकोट महोत्सव हुदैँ क्लव स्तरिय टाम्केकोट कप भलिवल प्रतियोगिता लगाएत विविध रचनात्मक कार्यक्रम सन्चालन गर्दै आइरहेको सर्वविधिनै छ । यस वर्ष पनि “पाचौं टाम्केकोट कप भलिवल प्रतियोगिता” विविध सास्ंकृतिक कार्यक्रमका विच वडा दशैंको पावन अवशर पारी निम्न मिती समय र स्थानमा भव्य रुपमा सन्चालन हुन लागिरहेकोले तपाईको गरिमामय उपस्थितीको लागि कल्व परीवार हार्दिक अनुरोध गर्दर्छौ ।
तपशिल
मिती : खेल उद्धघाटन २०७० असोज २४ गते देखि सुरु –
समय : दिउसोँ १ वजे
स्थान : क्लवको खेल मैदान