चौथो टाम्केकोट कपको उपाधि जनहित पेलाकोटलाई , जनहितले गर्यो हयाट्रिक
विनोद रखाली मगर ,
असोज २९, पिडीखोला,स्याङ्जा
,
स्याङ्जाको पिडीखोलामा सम्पन्न चौथो टाम्केकोट कप भलिवल प्रतियोगिताको उपाधि यस वर्ष पनि जनहित युवा क्लव तोलातुङ् पेलाकोटले आफ्नो कव्जामा पारेको छ । यो उपाधि सङ्गै उसले तेस्रो पटक टाम्केकोट कपको उपाधि चुमेको हो । उपाधि सङ्गै वोका , शिल्ड , मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
जनहितले फाइनलमा कालिका युवा क्लव पिडीखोलालाई सोझो सेटमा हराउदै उपाधि माथि कव्जा जमाएको हो । कालिकाले उप विजेता हुदै वोका
,शिल्ड , मेडल तथा प्रमाणपत्र हात पारेको छ । तेस्रो स्थानमा भने आयोजक रातोले आलमदेवि युवा क्लव लाई साझो सेटमा हराउदै आफ्नो स्थान सुरक्षित गर्यो । आयोजक रातोले तेस्रो हुदै २ वटा भाले , शिल्ड , मेडल तथा प्रमाणपत्र हात पारेको छ । जिल्लाका विभिन्न गाविसका २७ वटा क्लवहरुको सहभागिता रहेको उक्त कार्यक्रममा खेल अवधिभरको उत्कृष्ट खेलाडि आलमदेवि युवा क्लवका अनिल सिङ्जाली मगर घोषित भए, उनले उत्कृष्ट खेलाडि सङ्गै नगद २ हजार , शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

स्याङ्जाको पिंडीखोलामा विभिन्न रचनात्मक गतिविधि मार्फत भाषा , कला सस्कृंती तथा स्थानिय युवाहरुलाई विकाश निमार्णमा प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको पिडीखोला –७ , सल्यान गाँउ स्थित जनमुक्ति युवा क्लवले वडा दशैंको अवशर पारी चौथो टाम्केकोट कप भलिवल प्रतियोगिताको उपाधि आयोजना गरेको क्लवका अध्यक्ष किरण राना मगरले वताएका छन् ।

सङ्घिय समाजवादि पार्टि क्षेत्र न. ३ स्याङ्जाका उम्मेदवार विनोद खवास मगरले उद्धघाटन गर्नुभएको कार्यक्रममा पूर्व सभाषद् तथा हाल नेपाली काङ्ग्रेसका उम्मेदवार मोहन पाण्डे लगाएतको उपस्तिथी रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै खवास मगरले अवको नँया शक्ति भनेकै सङ्घिय समाजवादि पाटि हुनाले अवको सविद्यांनसभा निर्वाचनमा अत्याधिक भोट दिएर विजय गराउन अनुरोध गर्नुभयो । त्यस्तै पाण्डेले फेरी आफुलाई मतदान गरी वाकी काम पुरा गराउन सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चा का केन्दीय सदस्य लोकेन्द तरामु मगर, नेवि संघ, केन्द्रीय सदस्य गुरु भट््टराई , युवराज पाण्डे, समाजसेवि सु. चन्द्र वहादुर रखाली , सु. राम वहादुर रखाली ,क्लवका पुर्व अध्यक्षहरु कलम रखाली मगर , खेम राना मगर, श्याम राना मगर लगाएतले सम्वोधन गर्नुभएको थियो ।

विविध सास्कृतिक कार्यक्रम विच सम्पन्न भएको कार्यक्रम पूर्व , क्लवले २०६७ सालमा प्रथम एतिहासिक टाम्केकोट महोत्सवको अवशर पारी प्रथम टाम्केकोट कप भलिवल प्रतियोगिता सम्पन्न गरेको र यस पटक कार्यक्रमलाई निरन्तरता दिन तथा छिमेकी क्लवहरु विच आपसि भाइचारा प्रगाढको लागि प्रतियोगिता आयोजना गरेको जनमुक्ति क्लवका पूर्व अध्यक्ष तथा आयोजक समितीका सयोंजक विनोद रखाली मगरले जानकारी दिनुभयो ।

पिंडीखोलामा चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता हुदैं, तयारी तिव्र



पिंडीखोलामा चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता हुदैं, तयारी तिव्र
विनोद रखाली मगर
असोज १५, स्याङ्जा
पश्चिम स्याङ्जाको पिंडीखोलामा विभिन्न रचनात्मक गतिविधि मार्फत मौलिक भाषा , कला सस्कृंती तथा स्थानिय युवाहरुलाई विकाश निमार्णमा प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको पिडीखोला –७ , सल्यान गाँउ स्थित जनमुक्ति युवा क्लवले वडा दशैंको अवशर पारी चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता तथा विविध सास्ंकृतिक कार्यक्रम राख्ने भएको छ ।
असोज २४ गते उद्धघाटन हुने खेलमा जिल्ला भित्र र वाहिरको करिव १५ क्लवहरुको सहभागिता रहने आयोजकले दावि छ ।

असोज २२ र २३ गते टिम दर्ताको समय राखिएको टाम्केकोट कप विजेताले वोका , शिल्ड , मेडल तथा प्रमाणपत्र , उपविजेताले पाठा , शिल्ड , मेडल तथा प्रमाणपत्र , र सान्त्वना ले भाले , शिल्ड , मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ठ खेलाडिले आर्कषक पुरस्कार हात पार्नेछन् ।

क्लवले २०६७ सालमा प्रथम एतिहासिक टाम्केकोट महोत्सवको अवशर पारी प्रथम टाम्केकोट कप भलिवल प्रतियोगिता सम्पन्न गरेको र यस पटक कार्यक्रमलाई निरन्तरता दिन तथा छिमेकी क्लवहरु विच आपसि भाइचारा प्रगाढको लागि प्रतियोगिता आयोजना गरेको जनमुक्ति क्लवले जनाएको छ ।

चौथो टाम्केकोट कप भलिवल प्रतियोगिताको अत्यन्त जरुली सुचना :






चौथो टाम्केकोट कप भलिवल प्रतियोगिताको अत्यन्त जरुली सुचना :
पश्चिम स्याङ्जाको पिंडीखोलामा विभिन्न रचनात्मक गतिविधि मार्फत मौलिक भाषा , कला सस्कृंती तथा स्थानिय युवाहरुलाई विकाश निमार्णमा प्रेरित गर्न विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको पिडीखोला –७ , सल्यान गाँउ स्थित श्री जनमुक्ति युवा क्लवले वडा दशैंको अवशर पारी चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता तथा विविध सास्ंकृतिक कार्यक्रम राख्ने भएको हुदा उक्त प्रतियोगितामा सहभागि भै दिनुहुन सम्पूर्ण क्लवहरुलाई हार्दिक अनुरोध गर्दछौ ।
तपशिल
१. दर्ता समय ः २०७० असोज २२ र २३ गते दर्ता
२. खेल उद्धघाटन २०७० असोज २४ गते
३. प्रथम पुरस्कार ः वोका , शिल्ड मेडल र प्रमाणपत्र
४. द्धितीय पुरस्कार ः पाठा , शिल्ड मेडल र प्रमाणपत्र
५. तृतीय पुरस्कार ः २ थान भाले , शिल्ड मेडल र प्रमाणपत्र
६. उत्कृष्ठ तथा अनुशासित खेलाडिलाई आर्कषक पुरस्कार
७. दर्ता शुल्क ः रु. १२००।–

खेल सम्वन्धि केहि नियमहरु ः
१. खेल टि.टि. सिस्टम अनुसार हुनेछ ।
२. खेलमा टिम कोच र म्यानेजर गरी नौ जनाको हुनुपर्नेछ ।
३. खेल वेस्ट अफ फाइव हुनेछ ।
४. खेल खेल रेफ्री अनुसार हुनेछ । खेलमा कुनै विवाद आएमा आयोजकको निर्णयनै अन्तिम हुनेछ ।
५. खेल अन्तर क्लव स्तरीय हुनेछ ।
६. टाढाको खेलाडिहरुलाई खाना र वस्नको व्यवस्था ससुल्क हुनेछ ।
७. खेल सम्वन्धि विविध नियम कार्यक्रम स्थलमै प्रस्तुत गरिनेछ ।
८. सहभागि क्लवले आफ्नो क्लवको लेटरप्याडमा खेलाडिहरुको नामावलि सहित अध्यक्ष वा सचिवको हस्ताक्षरमा टिमको नामावलि पेश गर्नु पर्नेछ ।

थप जानकारीको लागि ः ९८४६३५९३६१ , ९८०८१३०९१० , ९८४६५७६२९८ —
website : www.yourjmyc.blogspot.com

facebook:JMYC Syangja